सामसंगले ग्यालेक्सी एस२० र ग्यालेक्सी फोल्ड २ फेब्रुअरी ११ मा लन्च गर्ने

Technology Khabar २० पुष २०७६, आईतवार

सामसंगले ग्यालेक्सी एस२० र ग्यालेक्सी फोल्ड २ फेब्रुअरी ११ मा लन्च गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन आगामी फेब्रुअरी १८ मा लन्च गर्ने तयारी गरेको छ । कम्पनीले सो दिनमा अनप्याक्ड इभेन्ट आयोजना गरिरहेको छ र सो इभेन्टमा सामसंग ग्यालेक्सी एस२० र फोल्ड २ लन्च गर्नेछ ।

हालै सो इभेन्टको प्रोमो अनलाइनमा लीक भएको छ । जसमा कम्पनीले फेब्रुअरी ११ मा इभेन्ट आयोजना गर्न लागेको देखिएको छ ।

यसअघि कम्पनीले ग्यालेक्सी एस११ सिरिजको रुपमा दुई स्मार्टफोनहरु ल्याउने बताउँदै आईएको थियो तर कम्पनीले ल्याउने नयाँ स्मार्टफोनलाई ग्यालेक्सी एस२० भनिनेछ । यसमा कम्पनीले अर्को फोल्डेबल स्मार्टफोनको रुपमा ग्यालेक्सी फोल्ड २ लन्च गर्नेछ ।

कम्पनीले ल्याउने फ्ल्यागशिप सिरिजमा धेरै सुधारहरु देखिनेछन र विशेषगरि क्यामरामा निकै फरक हुनेछ । त्यस्तै कम्पनीले ल्याउने ग्यालेक्सी फोल्ड पनि यसअघिको फोल्डेबल डिभाइस भन्दा फरक हुनेछ ।

 

Sajilo Visa

प्रकाशित: २० पुष २०७६, आईतवार

तपाइको प्रतिक्रिया