आगामी पुस्ताको आइफोनहरुमा प्रयोग हुने ए१४ चीपसेट टिएसएमसीले उत्पादन गर्दै

Technology Khabar २० पुष २०७६, आईतवार

आगामी पुस्ताको आइफोनहरुमा प्रयोग हुने ए१४ चीपसेट टिएसएमसीले उत्पादन गर्दै
Classic Tech

काठमाडौं । एप्पलको चीपमेकर कम्पनी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिंग कम्पनी(टिएसएमसी)ले नयाँ प्रोसेसर ए१४ का लागि अर्डर सुनिश्चित गरेको छ ।

चीपमेकर कम्पनीले यो वर्षको दोस्रो चौमासिकदेखि नै नयाँ चीप उत्पादन गर्न शुरु गर्ने भएको छ ।

सो चीप एप्पलको नयाँ जेनेरेशनको आइफोनहरुमा प्रयोग हुने अनुमान गरिएको छ, जसमा आइफोन १२ र आइफोन एसई २ हुनेछन्।
नयाँ ए१४ चीप टिएसएमसीको नयाँ ५ नानोमिटर प्रोडक्सन प्रोसेस प्रयोग गरेर उत्पादन गरनेछ जुन यसअघिको ७ नानोमिटर फेब्रिकेसन भन्दा तल हो ।

५ नानोमिटर ईयूभी प्रोसेस प्रयोग गरिएको चीपले एआरएम कार्टेक्स ए७२ मा ७ नानोमिटर प्रोसेसर १५ प्रतिशत तिब्रता हासिल गर्ने बताईएको छ ।

यसअघि विश्लेषक मिंग ची कुओकाअनुसार एप्पलले ५जी युक्त आइफोन पनि लन्च गर्नसक्ने हुँदा त्यसको कम्पोनेन्टहरुका कारण डिभाइसको उत्पादन लागत पनि बढ्नसक्नेछ । तर एप्पलले ५जी आइफोनको मूल्य धेरै नबढाउने अपेक्षा गरिएको छ ।

५जी कम्पोनेन्टले नयाँ आइफोनहरुको उत्पादन लागत ३० डलरदेखि १०० डलरसम्म बढाउन सक्ने अनुमान गरिएकोछ । तर कम्पनीले ५जी आइफोनहरुको लागत कम गर्न र आपूर्तिकर्ताहरुमाथि कम भरपर्ने नीतिका साथ कम्पोनेन्टहरुको डिजाइन गरिरहेको छ ।

यसकाअतिरिक्त एप्पलले आफ्नै आइफोन ५जी चीप आगामी ६ वर्षभित्र उत्पादन गर्ने योजना लिएको छ । एजेन्सी

प्रकाशित: २० पुष २०७६, आईतवार

Comments are closed.

Loading...