Technology Khabar २० पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । एलजीले अमेरिकामा आयोजना हुन लागेको कन्जुमर इलेक्ट्रोनिक्स सो भन्दा अगाडि नै आफ्नो ८के टिभीहरु लन्च गरेको छ ।
कम्पनीले दुईवटा ओएलईडी मोडलका ८के टिभीहरु ल्याएको हो जसमा ७७ र ८८ इन्चका ठूला स्क्रीन छन भने अन्य ६ वटा एलसिडी स्क्रीनसहितका ६५ र ७५ इन्चका छन् ।
एलजीले यो नयाँ टिभीहरुको मूल्य र उपलब्धताको बारेमा पछि जानकारी दिनेछ तर यसलाई कम्पनीले रियल ८के टिभीको रुपमा दाबी गरेको छ ।
एलजीको ८के टिभीको घोषणाले सामसंगसँगको प्रतिस्पर्धालाई निरन्तता दिएको छ । किनकी सामसंगले पनि हालै ८के टिभीकोलागि ८के एसोसिएसनबाट प्रमाणपत्र पाएको थियो ।
तर दुबै कम्पनीहरुले ८के टिभीमा ७६८० होराइजेन्टल पिक्सेल र ४३२० भर्टिकल पिक्सेल रिजोल्यूशन हुनेमा सहमत भएका छन् । यसअघि दुबै कम्पनीहरुबिच यो मापदण्डलाई कसरी मापन गर्ने भन्ने बारेमा मत विभाजन हुँदै आएको छ ।
एलजीको नयाँ ८के टिभीहरुले ८के कन्टेन्टहरु सपोर्ट गर्दछ । सो टिभीहरुले एचईभीसी, भीपी९, एभी१ कन्टेन्ट सपोर्ट गर्दछ । यी टिभीहरुमा एचडीएमआई इनपुट रहेको छ जसले ८के रिजोल्यूशनमा ६० फ्रेम प्रति सेकेण्ड लिन सक्दछ ।
एलजीका ८के टिभीहरुमा कम्पनीको नयाँ अल्फा ९ जेनेरेशन ३ प्रोसेसर राखिएको छ जसले डिप लर्निंग टेक्नोलोजीको प्रयोग गरेर पिक्चर र साउण्ड क्वालिटीलाई वृद्धि गर्दछ । यसको प्रोसेसरले ५.१ सराउण्ड साउण्ड र ८के भिडियोसम्म प्रदान गर्दछ भने यसले फेस र टेक्स्ट टू स्क्रीन समेतपहिचान गर्दछ ।
यसबाहेक यसमा अमेजनको एलेक्सी र गूगल एसिस्ट्यान्ट भ्वाइस असिस्ट्यान्ट सपोर्ट गर्दछ र होमकीट तथा एयरप्ले २ कम्याटिबल छ ।
प्रकाशित: २० पुष २०७६, आईतवार