ग्यालेक्सी एस १० र ग्यालेक्सी नोट १० अब सस्तो मूल्यमा पाईने, सामसंगले घोषणा गर्यो लाइट भर्सन

Technology Khabar १९ पुष २०७६, शनिबार

ग्यालेक्सी एस १० र ग्यालेक्सी नोट १० अब सस्तो मूल्यमा पाईने, सामसंगले घोषणा गर्यो लाइट भर्सन

काठमाडौं ।

काठमाडौं । सामसंगले ग्यालेक्सी एस१० लाइट र ग्यालेक्सी नोट१० लाइट भर्सन लन्च गरेको छ । महिनौंसम्मको चर्चा र लीकहरुका बिच कम्पनीले सिईएस २०२० भन्दा अगाडि नै आफ्नो नयाँ स्मार्टफोनहरु लन्च गरेको हो ।

दुबै ग्यालेक्सी एस१० लाइट (Galaxy S10 Lite) र ग्यालेक्सी नोट१० लाइट (Galaxy Note 10 Lite) मा ६.७ इन्चको फूलएचडी प्लस सूपर एमोलेड इन्फिनिटी ओ नन कभ्र्ड डिस्प्ले प्रयोग गरिएको छ। यसका साथै दुबै स्मार्टफोनहरु ६जीबी र ८जीबी र्याम तथा १२८जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछन् ।

यसबाहेक दुबै फोनमा ३२ मेगापिक्सेलको पन्च होल डिजाइनमा सेल्फी क्यामरा रहेको छ ।

त्यस्तै फोनहरुमा ४,५०० एमएएचको ब्याट्री र अप्टिकल इन-स्क्रीन फिंगरप्रिन्ट सेन्सर तथा एन्ड्रोयडमा आधारि वन यूआई २.० रहेको छ ।
यी दुई फोनको भिन्नता भनेको यसमा भएको प्रोसेसर हो । ग्यालेक्सी एस१० लाइटमा क्वालकम स्न्यापड्रागन ८५५ चीपसेट छ भने ग्यालेक्सी नोट १० लाइटमा एक्सनोज ९८१० चीपसेट रहेको छ ।

तर चीपसेट विभिन्न क्षेत्रहरुको आधारमा फरक हुनसक्नेछ ।

यी दुबैमा ट्रिपल क्यामरा सेटअप रहेको छ भने त्यसमा सेन्सरहरु पनि रहेका छन् । एस१० लाइटमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा र १२ मेगापिक्सेलको सेन्सरका साथमा ५ मेगापिक्सेलको माइक्रो सूटर छ भने अर्को ग्यालेक्सी नोट १० लाइटमा १२ मेगापिक्सेलको मुख्य क्यामराका साथमा १२ मेगापिक्सेलको टेलिफोटो क्यामरा तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल क्यामरा रहेको छ ।

ग्यालेक्सी नोट १० लाइट एस पेनका साथमा आउँछ तर एस १०मा भने सो अफर छैन् ।

यी दुबै स्मार्टफोनहरु लन्च गरेपनि कम्पनीले यसको मूल्यको बारेमा जानकारी दिएको छैन् । ग्यालेक्सी नोट १० लाइट ५९९ यूरो र ग्यालेक्सी एस १० लाइटको मूल्य ६४९ यूरोदेखि शुरु हुनेछ ।

easy care

प्रकाशित: १९ पुष २०७६, शनिबार

ताजा समाचार