एप्पलले सन् २०२० मा दुईवटा सस्तो मूल्यका बजेट आइफोन लन्च गर्नसक्ने

Technology Khabar १९ पुष २०७६, शनिबार

एप्पलले सन् २०२० मा दुईवटा सस्तो मूल्यका बजेट आइफोन लन्च गर्नसक्ने

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो आइफोन एसईको नयाँ अपग्रेड भर्सनमा काम गरिरहेको रिपोर्टहरु आईरहेका छन् । कम्पनीले यो बजेट आइफोनको रुपमा ल्याउने आइफोन एसईको अपग्रेड यहि मार्च २०२० मा लन्च हुने अपेक्षा गरिएको छ ।

कम्पनीले यसबाहेक पनि सस्तो आइफोन लन्च गर्ने योजना लिएको नयाँ रिपोर्टआएको छ ।

हालै आएको नयाँ रिपोर्टअनुसार एप्पलले संभवत दुईवटा मोडलका आइफोन एसई २ सार्वजनिक गर्नेछ । जसमध्ये एउटा आइफोन ९ को रुपमा लन्च हुने अनुमान गरिएको छ ।

सप्लाई चेनमार्फत आएको समाचारअनुसार एप्पलले दुई फरक फरक एलसिडी स्क्रीनहरुको लागि माग गरेको छ । यदि एप्पलले आइफोन ९ को जस्तै फोन ल्याउने योजना गरेको हो भने कम्पनीले आइफोन ९ र आइफोन ९ प्लस बजेट आइफोनको रुपमा ल्याउन सक्नेछ ।

कम्पनीले सन् २०१७ मा आइफोन ८ र आइफोन ८ प्लस लन्च गरेको थियो भने आफ्नो १० औं वार्षिकोत्सवमा विशेष एडिसनको रुपमा आइफोन एक्स लन्च गरेको थियो । सो बिचमा आइफोन ९ पूर्णरुपमा हटाईएको थियो । त्यसैले पनि आइफोन ९ को दुई मोडल आउनसक्ने अनुमान गरिएको छ ।

यसबाहेक पनि आइफोनको बारेमा जानकारीहरु लिने विश्लेषक मिंग ची कुओकाअनुसार सन् २०२० मा कम्पनीले ५ वटा नयाँ आइफोनहरु लन्च गर्नेछ । तर डिजिटाइम्सले भने अमेरिकी टेक कम्पनीले ६ वटा मोडलहरु सन् २०२० भित्र लन्च गर्ने उल्लेख गरेको छ ।

डिजिटाइम्सका अनुसार एप्पलले दुईवटा साइजमा एलसिडी स्क्रीनहरु माग गरेको छ जून आइफोन एसईको रुपमा ५.५ इन्च वा ६.१ इन्चको एलसिडी डिस्प्लेमा आउनसक्नेछ ।

यसअघि एप्पलले आइफोन एसई २०१६ मा लन्च गरेको थियो । अहिलेको आइफोन एसई २ भने करिब ३९९ अमेरिकी डलरमा उपलब्ध हुने अनुमान गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: १९ पुष २०७६, शनिबार