शाओमीका स्मार्टफोनहरुमा अब भारतीय जीपीएस सिस्टम उपलब्ध हुने

Technology Khabar १९ पुष २०७६, शनिबार

शाओमीका स्मार्टफोनहरुमा अब भारतीय जीपीएस सिस्टम उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतीय उपभोक्ताहरुलाई स्थानिय जीपीएस सेवा उपलब्ध गराउने भएको छ ।

यो विषयमा भारतीय अन्तरिक्ष शोध संगठन इसरो र शाओमीबिच छलफल जारी रहेको छ । इसरोका एक अधिकारीकाअनुसार इण्डियन रिजनल नेभिगेसन स्याटेलाइट सिस्टम(नाभिक)को अनुकुल हुने चीपसेटको विषयमा कुराकानी भईरहेको छ ।

अमेरिकी चीप निर्माा कम्पनी क्वालकमले यस्तो प्रकारको चीपसेट बनाईरहेको छ र शाओमीले नाभिक चीपसेटका साथ स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ ।

नाभिकले यूजर्सलाई स्ट्याण्डर्ड पोजिशनिंग सर्भिस उपलब्ध गराउनेछ । आधिकारीक प्रयोगकर्ताहरुले एनक्रिप्टेड रेस्ट्रिक्टेड सर्भिस प्राप्त गर्नेछन् ।

यसको प्रयोग हवाई, स्थल, समुन्द्री आवागमनका साथै गाडिहरुलाई ट्र्याक गर्न, आपतकालिन प्रबन्धन गर्न, मोबाइल फोनलाई एकिकृत गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

यो चीपसेट भारतसहित भारतीय सीमाबाट १५ सय किलोमिटरको दायरासम्म सटिक भौगोलिक स्थिति बताउन सक्षम रहेको उल्लेख छ ।

इसरोले नाभिकका भूउपग्रहहरुले दुईवटा एल५ र एस माइक्रोवेभ फ्रिक्वेन्सी ब्याण्डमा सिग्नल दिनेछन् । नाभिकको स्ट्याण्डर्ड पोजिशनिंग सर्भिस भारतमा कुनैपनि क्षेत्रमा कुनैपनि व्यक्तिको स्थितिको बारेमा जानकारी दिन सक्नेछ ।

यो सेवा स्याटेलाइट रेन्जिंग र निगरानी, जेनेरेशन र नेभिगेसन मानदण्डको प्रशारणका लागि केहि सतहि सुविधाहरु जडान गर्नुपर्नेछ । इसरोले भारतभर यस्तो १८ स्थानहरुमा सर्भिस जडान गर्न लागिएको जानकारी दिएको छ ।

यसबाहेक नाभिकको मार्फत छिमेकी मुलुकहरुलाई पनि जीपीएसको सुविधा दिनसक्ने बताईएको छ । छिमेकी मुलुकहरुलाई मौसम पूर्वानुमान, म्यापिंगलगायतका सुविधा दिनसकिने उल्लेख छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १९ पुष २०७६, शनिबार

ताजा समाचार