नयाँवर्ष २०२० मा भायानेटको ‘ट्रिपल ट्वान्टी अफर’, २० एमबीपीएस इन्टरनेटका साथ नेट टिभी सित्तैमा

Technology Khabar १८ पुष २०७६, शुक्रबार

नयाँवर्ष २०२० मा भायानेटको ‘ट्रिपल ट्वान्टी अफर’, २० एमबीपीएस इन्टरनेटका साथ नेट टिभी सित्तैमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ल्यायो आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ । नयाँ वर्ष २०२० को सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो ।

यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४०० मा उपलब्ध छ, जसमा २५० भन्दा बढि च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १ हजार रुपैयाँ छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाईरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय भएको कम्पनीको भनाई छ ।

कम्पनीकाअनुसार यो १४ जनवरी २०२० अर्थात माघ ६ गतेसम्म लागू हुनेछ ।

Sajilo Visa

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया