कुमारी जबको छैटौँ वार्षिक उत्सव पारेर अत्याधुनिक वेबसाईट र मोबाइल एप शुभारम्भ

Technology Khabar १८ पुष २०७६, शुक्रबार

कुमारी जबको छैटौँ वार्षिक उत्सव पारेर अत्याधुनिक वेबसाईट र मोबाइल एप शुभारम्भ

काठमाडौँ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लिले वार्षिक उत्सवको अवसरमा www.kumarijob.com नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एप समेत शुभारम्भ गरेको छ ।

सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यक्तिका उपस्थिति विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो ।

कार्यक्रममा कम्पनीले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो ।

कम्पनीका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब प्रा.लि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिईसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यतm गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने कुरा बताए ।

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...