राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय संचालनमा

Technology Khabar १८ पुष २०७६, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय संचालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको बिरेन्द्रनगरमा स्थापना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार सो कार्यालयको उद्घाटन गरे ।

उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले “बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको” प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र यो कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखा बाट सुरु गरिने बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको बताए ।

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...