सामसंगले सन् २०१९ मा ६७ लाख फाइभजी स्मार्टफोन बजारमा बिक्री गर्यो

Technology Khabar १८ पुष २०७६, शुक्रबार

सामसंगले सन् २०१९ मा ६७ लाख फाइभजी स्मार्टफोन बजारमा बिक्री गर्यो
Global IME Bank

काठमाडौं ।

काठमाडौं । कोरियाली टेक कम्पनी सामसंगले ५जी विश्व बजारमा आफ्नो वर्चश्व कायम राखेको छ । कम्पनीले सन् २०१९ मा सबैभन्दा धेरै ५जी स्मार्टफोनहरु बिक्री गर्नसफल भएको छ ।

सो अवधिमा सामसंगले मात्रै ६७ लाख तिब्रगतिमा कनेक्सन हुने ५जी स्मार्टफोनहरु बिक्री भएको गरेको थियो र सामसंगले कुल बजारको एक्लै ५३.९ प्रतिशतको हिस्सा ओगटेको छ । काउन्टरप्वाइन्ट रिसर्चकाअनुसार यो तथ्यांक जनवरी देखि नोभेम्बरसम्मको हो ।

सामसंगको पहिलो ५जी स्मार्टफोन ग्यालेक्सी एस१० ५जी सन् २०१९ को शुरुवातमा नै आएको थियो भने त्यसपछि नोट१० ५जी र नोट १० प्लस ५जी सोहि वर्ष आएका थिए । त्यसपछि भने ग्यालेक्सी ए९० ५जी र ग्यालेक्सी फोल्ड ५जी स्मार्टफोन लन्च गरेको थियो ।

यसबाहेक सामसंगले विश्वको पहिलो ५जी युक्त ट्याबलेट ग्यालेक्सी ट्याब एस६ ५जी सन् २०२० को पहिलो चौमासिकमा सार्वजनिक गर्नेछ ।

Sajilo Visa

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया