ओपो, भीभो र शाओमीका डिभाइसहरुमा वायरलेस प्रविधिबाट फाइल आदानप्रदान गर्न सकिने

Technology Khabar १८ पुष २०७६, शुक्रबार

ओपो, भीभो र शाओमीका डिभाइसहरुमा वायरलेस प्रविधिबाट फाइल आदानप्रदान गर्न सकिने

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरु ओपो, भीभो र शाओमीले एकिकृतरुपमा एकै प्लेटफर्ममार्फत संदेश पठाउन सक्ने सेवाको लागि अलायन्स गरेका छन् । तीनवटै कम्पनीहरुले विश्व बजारको लागि पियर टू पियर ट्रान्समिसन अलायन्स गरेको घोषणा गरेका हुन् ।

यसका साथै उनीहरुले थप एन्ड्रोयड स्मार्टफोन ब्राण्डहरुलाई समेत सो अलायन्समा आबद्ध हुन आब्हान गरेका छन् ।

‘यी तीन ब्राण्डहरुको सहकार्य भनेको ओपो, भीभो र शाओमीका लाखौं यूजर्सहरुलाई विश्वभर सहजरुपमा फाइलहरु शेयर गर्ने सुविधा उपलब्ध गराउनु हो,’ ओपोका भाइस प्रेसिडेन्ट एण्डि वुले भने ।

उनले यो तीनवटै कम्पनीहरुका लागि पहिलो महत्वपूर्ण कदम भएको भन्दै यूजर्सलाई संयुक्तरुपमा सेवा दिने कार्य भएको बताए ।
सो अलायन्सले अन्य स्मार्टफोन ब्राण्डहरुलाई पनि सहभागी हुन अनुरोध गर्दै यसले यूजर्सको इन्टर्याक्टिभ एक्सपेरियन्सलाई सहज बनाउने बताएका छन् ।

यस अलायन्सले यूजर्सलाई फाइलहरु, तस्विरहरु र भिडियोहरु इन्टरनेट कनेक्सन नभईकन नै एक आपसमा शेयर गर्ने सुविधा दिनेछ । यी तीन स्मार्टफोन निर्माताहरुले मोबाइल डिभाइसहरुमा उच्च गतिको वाईफाई डिरेक्ट ट्रान्सफरको लागि प्रोटोकलअन्तरगत पियर टू पियर ट्रान्समिसन अलायन्स गठन गरेका छन् ।

कम्पनीकाअनुसार यो फाइल ट्रान्सफर गर्ने कार्यअन्तरगत ब्लूटूथ लो ईनर्जीको प्रयोग गर्दै डिभाइसहरुलाई स्क्यान गर्नेछ जसले अधिक रेन्जमा बुस्ट गर्नेछ भने कम उर्जा खपत गर्नेछ र यसले वाईफाई पीटूपी टेक्नोलोजीको प्रयोगमार्फत फाइलहरु आदानप्रदान गर्नेछ।

यो प्रविधि ब्लूटूथ भन्दा तिब्रगतिमा हुनेछ भने प्रयोगकर्ताको डिभाइसको वाईफाई कनेक्सनलाई कुनै असर पार्नेछैन् । यसले औसतमा २० मेगाबाईट प्रति सेकेण्डको गतिमा फाइल ट्रान्सफर गर्न सक्दछ । एजेन्सी

easy care

प्रकाशित: १८ पुष २०७६, शुक्रबार