भीभोले आफ्ना दुई स्मार्टफोन सिरिज बन्द गर्दै, यू सिरिज र जेड सिरिजका स्मार्टफोन नआउने

Technology Khabar १७ पुष २०७६, बिहीबार

भीभोले आफ्ना दुई स्मार्टफोन सिरिज बन्द गर्दै, यू सिरिज र जेड सिरिजका स्मार्टफोन नआउने
सांकेतिक
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो दुईवटा स्मार्टफोन सिरिज बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२० देखि नै भीभो यू सिरिज र जेड सिरिजअन्तरगत कुनैपनि स्मार्टफोन लन्च नगर्ने भएको हो ।

भीभो मोबाइल इण्डियाका सिईओ जेरोम शनले आफ्ना सहकर्मी कम्पनीहरुलाई पत्र लेख्दै सो जानकारी दिएका हुन् ।

हामी अफलाइन र अनलाइन च्यानलका बिच विषयहरुलाई स्ट्रीमलाइन गर्ने प्रकृयामा छौं । सबै हालका जेड सिरिज र यू सिरिज डिभाइसहरुको अनलाइन तथा अफलाइन च्यानलद्धारा बिक्री जारी रहन्छ । सन् २०२० मा यी सिरिजहरुमा नयाँ स्मार्टफोन आउने छैनन्, पत्रमा लेखिएको छ ।

भीभोका लागि भारत निकै ठूलो र महत्वपूर्ण बजार हो । कम्पनीले आफ्ना लगभग सम्पूर्ण सेगमेन्टका स्मार्टफोनहरु भारतमा बिक्री गर्दछ ।

भीभोका सिईओले भारतमा अब अनलाइन मात्र बिक्री हुने स्मार्टफोनहरुमा ध्यान केन्द्रित नगर्ने बताएको छ । यसको अर्थ कम्पनीले अब अनलाइन र अफलाइन दुबैमा उपलब्ध हुनेछन् । यसबाहेक अनलाइन एक्सक्लूसिभ स्मार्टफोन मात्र लन्च गर्न बन्द गर्न सक्नेछ ।

भीभोले भारतमा अबदेखि अनलाइन र अफलाइन दुबैमा समान मूल्यसहितका प्रडक्टहरु लन्च गर्ने उल्लेख छ । एजेन्सी

प्रकाशित: १७ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...