चीनमा स्मार्ट हाईस्पीड ट्रेन संचालनमा, फाइभजीसहितको स्मार्ट र अत्याधुनिक प्रविधि प्रयोग

Technology Khabar १७ पुष २०७६, बिहीबार

चीनमा स्मार्ट हाईस्पीड ट्रेन संचालनमा, फाइभजीसहितको स्मार्ट र अत्याधुनिक प्रविधि प्रयोग

काठमाडौं ।

काठमाडौं । चीनले अबौं रुपैयाँ लगानीमा विश्वको पहिलो स्मार्ट हाईस्पीड ट्रेन शुरु गरेको छ । यो ट्रेनको मुख्य विशेषता भनेको यो ड्राइभरलेस अर्थात चालकरहित छ ।

यो नयाँ ट्रेन ३५० किलोमिटरको गतिमा कुद्नसक्छ भने यो ट्रेनमा ५जी सिग्नल, वायरलेस चार्जिंग र स्मार्ट लाइटिंग सिस्टमको सुविधाहरु रहेको छ । यसबाहेक ट्रेनमा सबै सुविधाहरु आर्टिफिशियल इन्टेलीजेन्समार्फत जोडिएका छन् ।

स्मार्ट ट्रेन सोमबार चीनको बेईजिंगबाट झांगजियाकोको बीच १७४ किलोमिटरको यात्रा सो ट्रेनले १० स्टपका साथ ४७ मिनेटमा पुरा गरेको थियो ।

यो ट्रेनको सबैभन्दा आकर्षक विषय भनेको यो संचालनमा प्रयोग भएको अत्याधुनिक प्रविधिहरु हो र यसमा भएको जीपीएस सिस्टम पनि चीनले आफैंले तयार हो ।

यो ट्रेनलाई विशेषगरि सन् २०२२ मा हुने शीतकालीन ओलम्पिक खेलका लागि शुरु गरिएको हो र सो समयमा यी दुबै शहरहरुमा खेल आयोजना हुनेछ ।

अझ आश्चार्यको विषय भनेको सो स्मार्ट हाईस्पीड ट्रेन संचालन गर्न एक जना कर्मचारी मात्र नियुक्त गरिएको छ । यो पूर्ण स्वचालित ट्रेन हो र यसलाई चलाउन कुनैपनि अपरेटरलाई राखिएको छैन् । केवल एक व्यक्ति ड्राइभर बोर्डमा हुनेछ जसले केबल आपतकालिन स्थितिमा मात्र ध्यान दिनेछ ।

यो स्मार्ट ट्रेनको मर्मत संभार र रेखदेख पनि रोबोटले नै गर्नेछ ।

चाइना रेलवे सेभेन्थ ग्रुप परियोजनाका इन्जिनियर दि केमेंगकाअनुसार यो स्मार्ट ट्रेनका लागि यसको रुटका ट्र्याकहरु र मेसिनहरुलाई पुरै परिवर्तन गरिएको छ। ट्रेनको भित्र र यसको सबै स्टपहरुमा रोबोटले आफ्नो सेवा दिनेछन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: १७ पुष २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार