सामसंगले विश्वको पहिलो ‘जिरो बेजेल’ टेलिभिजन सिईएस २०२० मा सार्वजनिक गर्ने

Technology Khabar १६ पुष २०७६, बुधबार

सामसंगले विश्वको पहिलो ‘जिरो बेजेल’ टेलिभिजन सिईएस २०२० मा सार्वजनिक गर्ने

काठमाडौं ।

काठमाडौं । कोरियाली टेक कम्पनी सामसंगले अमेरिकामा हुने कन्जुमर इलेक्ट्रोनिक्स शो(सिईएस) २०२० को अवसरमा आफ्नो प्रिमियम सेगमेन्टका टेलिभिजनहरु प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले विश्वको पहिलो पूर्ण ‘जिरो बेजेल’ टिभी लस भेगासमा हुने उक्त शोमा सार्वजनिक गर्न लागेको हो ।

सो प्रिमियम टिभीलाई यसअघि नै सामसंगका प्रमुखबाट अनुमति पाईसकेको बाईएको छ । यो टिभी कम्पनीले सन्२०२० फेब्रुअरीदेखि मास प्रडक्सनमा लिएर जानेछ ।

सामसंग जिरो बेजेल टिभी केबल ६५ इन्चदेखि माथि मात्र उपलब्ध हुने बताईएको छ । र यसको अर्थ सो टिभी उत्पादनको प्रकृया निकै जटिल भएको र सानो साइजमा उत्पादन गर्न उपयुक्त नभएको बताईएको छ ।

यो टिभीलाई बेजेल लेस टिभीको रुपमा पनि चिनिनेछ जुन अन्य ब्राण्डहरुले यसअघि नै बजारमा ल्याईसकेका छन् । तर ती टिभीहरुमा अझैपनि सानो घेरा जस्तो बेजेल रहेको देखिन्छ । तर सामसंगले अहिले ल्याउने टिभीमा भने कुनैपनि त्यस्तो बोर्डर देखिने छैन् ।

कम्पनीले दुई मििहना अघि मात्रै यूरोपमा जिरो बेजेल ट्रेडमार्कको लागि आवेदन दिएको थियो । एजेन्सी

easy care

प्रकाशित: १६ पुष २०७६, बुधबार