एनसेलको बीटीएस टावरमा आगजनी

Technology Khabar १६ पुष २०७६, बुधबार

एनसेलको बीटीएस टावरमा आगजनी

काठमाडौं ।

चीतवन । एनसेलको माेबाइल बीटीएस टावरमा अज्ञात समूहले आगो लगाएको छ । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको थियो ।

त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको बताइएको छ ।

गएराति करिब १० बजेतिर टावरमा आगो लागेको प्रहरीले जनाएको छ । टावरमा कस्ले आगजनी गरेको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

easy care

प्रकाशित: १६ पुष २०७६, बुधबार

ताजा समाचार