प्रयोगकर्ताको फोटो चोरी गर्ने २९ वटा एप्स भेटिए, कतै तपाईँले पनि प्रयोग गरिरहनुभएको त छैन् ?

Technology Khabar १६ पुष २०७६, बुधबार

प्रयोगकर्ताको फोटो चोरी गर्ने २९ वटा एप्स भेटिए, कतै तपाईँले पनि प्रयोग गरिरहनुभएको त छैन् ?

काठमाडौं । मोबाइल एप्समार्फत प्रयोगकर्ताहरुको जानकारी संकलन गर्ने विषय कुनै नौलो होईन् । तर प्रयोगकर्ताको जानकारी बिना र अनुमति नलिईकन नै विभिन्न एप्सहरुले डाटा संकलन गर्ने गरेको भेटिँदै आएको छ ।

जसले गर्दा प्रयोगकर्ताहरुको डाटाको दूरुपयोग हुने र गोपनियता भंग हुने समेत अवस्था आउँछ । व्यक्तिगत डाटाको सुरक्षा ससक्त हुँदै जाँदा ह्याकरहरुले विभिन्न एप्सको माध्यमबाट डाटा संकलन गर्ने गरेका छन् । यस्ता एप्सले प्रयोगकर्ताहरुको हरेक गतिबिधिको निगरानी गर्ने र त्यसबाट आफ्नो फाईदा लिने गर्दछन् ।

अझ एन्ड्रोयडमा आधारित गूगल प्ले स्टोरमा यस्ता कयौं एप्सछन जसले बिना जानकारीको डाटा संकलन गर्ने गर्दछन् । गूगलले नियमितरुपमा यस्ता एप्स प्ले स्टोरबाट हटाउने गरेपनि अझै पूर्णरुपमा त्यस्ता एप्सलाई रोक्न सकेको छैन् । गूगले यो वर्ष मात्रै १ हजार भन्दा बढि त्यस्ता एप्स डिलिट गरेको थियो । जसमा केहि एडवेयर एप, मालवेयर एपलगायत थिए ।

तर पनि अझै यस्ता एप्सहरु प्ले स्टोरमा रहेका छन जसले तपाईँको डाटा चोरी गरिरहेका छन् । हालै प्ले स्टोरमा २९ वटा एप्स भेटिएका थिए जसले तपाईँको अनुमति र जानकारी बिना नै तपाईँको फोटो ग्यालरीबाट फोटोहरु चोर्ने गरेका थिए । चोरी गरिएका फोटोहरु अन्य विज्ञापनहरु वा डार्क बेवमा बेचेर आम्दानी गर्ने गरिन्छ भने कहिलेकाँही यूजर्सलाई नै ब्ल्याकमेल गर्नको लागि र रकम हासिल गर्नको लागि दूरुपयोग गर्ने गरिन्छ ।

तपाईँले पनि यी एप्सहरु डाउनलोड गरेर प्रयोग गर्नुभएको छ भने तत्काल ती एप्सलाई डिलिट गर्नुहोस् । नत्र तपाईँको पनि स्मार्टफोनमा भएको फोटो ग्यालरीबाट फोटो र डाटा चोरी हुन सक्दछ ।

यी हुन ती २९ वटा एप्स–

१। सेल्फी क्यामरा प्रो
२। प्रो क्यामरा ब्यूटी
३। प्रिज्मा फोटो इफेक्ट
४। फोटो एडिटर
५। फोटो आर्ट इफेक्ट
६। होराईजन ब्यूटी क्यामरा
७। कार्टून फोटो फिल्टर
८। कार्टून इफेक्ट
९। कार्टून आर्ट फोटोज
१०। कार्टून आर्ट फोटो
११। कार्टून आर्ट फोटो फिल्टर
१२। असम कार्टून आर्ट
१३। आर्ट फ्लिप फोटो एडिटिंग
१४। आर्ट फिल्टर
१५। आर्ट फिल्टर फोटो
१६। आर्ट फिल्टर फोटो इफेक्ट
१७। आर्ट फिल्टर फोटो एडिटर
१८। आर्ट इफेक्ट फोर फोटो
१९। आर्ट एडिटर
२०। वालपेपर्स एचडी
२१। सुपर क्यामरा
२२। पिक्सचर
२३। म्याजिक आर्ट फिल्टर फोटो एडिटर
२४। फिल आर्ट फोटो एडिटर
२५। इमोजी क्यामरा
२६। ब्यूटी क्यामरा
२७। आर्टिस्टिक इफेक्ट फिल्टर
२८। आर्ट इफेक्ट
२९। आर्ट इफेक्ट्स

प्रकाशित: १६ पुष २०७६, बुधबार

Comments are closed.

Loading...