भारतीय ईकमर्श बजारमा अमेजन र फ्लिपकार्टलाई चुनौती दिन जियोमार्टको प्रवेश

Technology Khabar १६ पुष २०७६, बुधबार

भारतीय ईकमर्श बजारमा अमेजन र फ्लिपकार्टलाई चुनौती दिन जियोमार्टको प्रवेश
Classic Tech

काठमाडौं । भारतको ईकमर्श बजारमा कडा प्रतिस्पर्धा भईरहेको बेलामा अर्को ईकमर्श कम्पनी थपिएको छ । एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीको रिलायन्स जियोले भारतीय ईकमर्श बजारमा कदम राखेको हो ।

अमेजन र वालमार्टको अधिनमा रहेको फ्लिपकार्टले अर्बौ रुपैयाँ भारतको ईकमर्श तथा रिटेल बिजनेसमा लगानी गरेर आफ्नो आधार बनाईरहेको बेला अम्बानीको जियो मार्ट शुरु भएको हो ।

हालै आएको ईकमर्श नियमन कानूनले समस्या दिईरहेको बेला रिलायन्स इन्डष्ट्रिजअन्तरगतको कम्पनीहरु रिलायन्स रिटेल तथा रिलायन्स जियोले हालै जियोमार्ट शुरु गरेको बताएका छन् ।

हाल सो ईकमर्श भेन्चरले महाराष्ट्रको नभी मूम्बई, कल्याण र थानेमा मात्र कारोबार गरिरहेको छ ।

भारतीय भाषमा देशकी नयी दूकान नारासहित संचालमा आएको सो मार्टले हाल ५० हजार भन्दा बढि ग्रोसरी सामाग्रीहरु उपलब्ध गराएको छ भने कम्पनीले निशुल्क र एक्सप्रेस डेलिभरी दिने प्रतिबद्धता दिएको छ ।

रिलायन्स जियोका यूजर्सहरुलाई समेत सो बारेमा जानकारी दिँदै आगामी दिनमा भारतका विभिन्न स्थानहरुमा सेवा शुरु गर्ने योजना लिएको उल्लेख गरेको छ । यसका साथै जियो सेवाग्राहीहरुले जियोमार्टमा साइनअप गरेर शुरुवाती अफरहरुमा पहुँच प्राप्त गर्नसक्नेछन् ।

रिलायन्स रिटेल सन् २००६ मा स्थापना भएको थियो भने यो आम्दानीको हिसाबमा भारतको सबैभन्दा ठूलो रिटेलर हो । योसँगै भारतभर करिब १० हजार स्टोरहरु छन भने ६,५०० शहरहरुमा सेवा दिईरहेको छ । एजेन्सी

प्रकाशित: १६ पुष २०७६, बुधबार

Comments are closed.

Loading...