ह्वावेको वार्षिक आम्दानी १८ प्रतिशतले बढ्यो, कम्पनीका लागि सन् २०२० कठिन वर्ष हुने प्रक्षेपण

Technology Khabar १६ पुष २०७६, बुधबार

ह्वावेको वार्षिक आम्दानी १८ प्रतिशतले बढ्यो, कम्पनीका लागि सन् २०२० कठिन वर्ष हुने प्रक्षेपण

काठमाडौं । ह्वावे टेक्नोलोजीले सन् २०१९ मा आफ्नो आम्दानी १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीले सन् २०१९ मा १२१.७२ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ जुन कम्पनीले यसअघि प्रक्षेपण गरेको भन्दा कम हो ।

अमेरिकी व्यापार प्रतिबन्धका कारण कम्पनीको वृद्धि र ख्यातीमा समस्या आएको छ जसले गर्दा कम्पनीको आम्दानीमा पनि असर परेको हो ।

विश्वको सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी तथा विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीलाई अमेरिकाले गएको मई देखि पूर्णरुपमा कालोसूचीमा राखेर कारोबारमा प्रतिबन्ध लगाएको छ ।

ह्वावेका रोटेटिंग चेयरम्यान एरिक झुले नयाँ वर्षको संदेशसँग सो तथ्यांक बताएका हुन् भने यनले आगामी सन् २०२० लाई कठिन वर्षको रुपमा उल्लेख गरेका छन् । कम्पनीले यो वर्षको पहिलो अर्धवार्षिकमा जस्तै तिब्र वृद्धि गर्ने अपेक्षा गरिएको थियो ।

यो वर्षको १८ प्रतिशत वृद्धि अघिल्लो वर्षको आम्दानीको १९.५ प्रतिशतको तुलनामा कम हो ।

‘बाहिरी वातावरण यसअघिको भन्दा निकै जटिल बन्दै गएको छ र विश्वको अर्थतन्त्रमा घट्दोक्रमले अझ समस्या हुनेछ,’ उनले भने ।

झुकाअनुसार ह्वावेले यो वर्ष २४ करोड यूनिटथ स्मार्टफोनहरु आपूर्ति गरेको थियो जुनयसअघिको तुलनामा २० प्रतिशत बढि हो । त्यसैगरि उनले सन् २०२० मा गो अल आउट नारासहित ह्वावे मोबाइल सर्भिसेज ईकोसिस्टम बनाउने बताए जसमा क्लाउड स्टोरेज र एप ग्यालरीलगायतका सर्भिसहरु हुनेछ र यसलाई चीनभन्दा बाहिरको बजारमा कम्पनीको स्मार्ट डिभाइसहरु बेच्ने आधार हुने बताईएको छ।

प्रकाशित: १६ पुष २०७६, बुधबार

Comments are closed.

Loading...