सामसंग नेपालद्धारा ग्यालेक्सी एम ३०एस स्मार्टफोनको मूल्य कटौती

Technology Khabar १६ पुष २०७६, बुधबार

सामसंग नेपालद्धारा ग्यालेक्सी एम ३०एस स्मार्टफोनको मूल्य कटौती

काठमाडौं । सामसंग नेपालले नेपाली बजारमा आफ्नो एम सिरिजको स्मार्टफोन एम ३०एस (M30s) को मूल्य कटौती गरेकोछ । कम्पनीले एम ३०एस स्मार्टफोनमा ३ हजार रुपैयाँ भन्दा बढि मूल्य कटौती गरेको हो । कम्पनीले नयाँ वर्षदेखि लागू हुनेगरि नयाँ मूल्य निर्धारण गरेको हो ।

सामसंगकाअनुसार ग्यालेक्सी एम ३०एसको ४जीबी १२८जीबी स्टोरेजमा ३ हजार ९१ रुपैयाँ घटाएर नयाँ मूल्य २४ हजार ८९९ रुपैयाँ रहेको छ । त्यसैगरि ६जीबी र १२८ जीबी स्टोरेज अप्सनमा ३ हजार ३९१ रुपैयाँ घटाएर नयाँ मूल्य ३० हजार १९९ रुपैयाँ तोकिएको छ ।

यसअघि एम ३०एसको ४जीबी भेरिएन्टको मूल्य २७ हजार ९९० रुपैयाँ थियो भने ६जीबी र्याम भेरिएन्टको मूल्य ३३ हजार ५९० रुपैयाँ तोकिएको थियो ।

प्रकाशित: १६ पुष २०७६, बुधबार

Comments are closed.

Loading...