राबा बैकद्धारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग रकम हस्तान्तरण

Technology Khabar १५ पुष २०७६, मंगलवार

राबा बैकद्धारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्रीलगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।

सो कार्यक्रममा बरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा, डा.गौरिशंकर लाल दास, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनीधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७६, मंगलवार

ताजा समाचार