बंगलादेशद्धारा भारतको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द गर्न आदेश

Technology Khabar १५ पुष २०७६, मंगलवार

बंगलादेशद्धारा भारतको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द गर्न आदेश

काठमाडौं । भारतको नागरिकता संशोधन कानूनको प्रभावले गर्दा छिमेकी मुलुक बंगलादेशले आफ्नो भारतीय सीमा नाकामा मोबाइल सेवा बन्द गरेको छ ।

बंगलादेशको सरकारले भारतसँग जोडिएको सीमामा एक किलोमिटरको क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्ने आदेश दिएको हो ।सो आदेशसँगै सीमाना क्षेत्रहरुमा मोबाइलमा भ्वाइससहित इन्टरनेट सेवा पनि बन्द हुनेछ ।

बंगलादेशको टेलिकम विभाग विटीआरसीद्धारा देशका चारवटै मोबाइल फोनअपरेटरहरुलाई पत्र पठाउँदे आगामी आदेशसम्म सीमा क्षेत्रहरुमा मोबाइल नेटवर्क बन्द गर्न भनिएको छ ।

सो निर्णयको बारेमा डाक तथा टेलिकम मन्त्रीले भने अनभिज्ञता जनाएका छन भने सो निर्णय सरकारले लिएको जानकारी दिएका छन् ।
बिटीआरसीका अध्यक्ष जहुरुल हकले भने सो पत्र पठाईएको पुष्टि गरेका छन् ।

उनले भारतको नागरिकता कानून संसोधनको बारेमा कुनै असन्तोष नहोस र कुनै दुष्प्रचार नहोस भनेर रोकिएको जानकारी दिएका छन् ।
उनले मोबाइल बन्द हुँदा मानिसहरुलाई समस्या हुनसक्ने र त्यसमा पनि ध्यान दिईने बताएका छन् र टेक्निकल टीमले सो बारेमा जाँच गरिरहेको स्पष्ट पारेका छन् ।

बंगलादेशले सो निर्णय लागू गरेको खण्डमा बंगलादेश र भारतको सीमामा रहेका सम्पूर्ण मोबाइल टावरहरु बन्द गर्नुपर्ने हुन्छ ।

बीबीसीबाट

प्रकाशित: १५ पुष २०७६, मंगलवार

Comments are closed.

Loading...