एनसेलले तिर्यो साढे ४ अर्ब पूँजीगत लाभकर, बाँकी कर रकममा किस्ताबन्दी सुविधा दिन माग

Technology Khabar १५ पुष २०७६, मंगलवार

एनसेलले तिर्यो साढे ४ अर्ब पूँजीगत लाभकर, बाँकी कर रकममा किस्ताबन्दी सुविधा दिन माग
फाइल

काठमाडौं ।

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्रालिले पूँजीगत लाभकर बापतको साढे४ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयलाई बुझाउनुपर्ने २२ अर्ब ६७ करोड रुपैयाँमध्ये हाल ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

ठूला करदाता कार्यालयलाई सो रकम तिर्दै बाँकी रकम भने किस्ताबन्दीमा तिर्न माग गरेको छ ।

एनसेलले बाँकी रकम भने आगामी ६ महिना भित्र किस्तामा तिर्ने माग गरेको बताईएको छ ।

यसअघि सर्वोच्च अदालतले एनसेललाई २२ अर्ब ४४ करोड रुपैयाँ शुल्क र ब्याजसहित कर निर्धारण गरेको थियो भने सो रकममा ब्याज समेत जोडिएर २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो ।

एनसेलले यसअघि नै २३ अर्ब ५७ करोड रुपैयाँ लाभकर भुक्तानी गरिरहेको थियो ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७६, मंगलवार

ताजा समाचार