२०२० मा फिनटेक र मोबाइल बैंकिंगमा सबैभन्दा धेरै साइबर आक्रमणको खतरा

Technology Khabar १५ पुष २०७६, मंगलवार

२०२० मा फिनटेक र मोबाइल बैंकिंगमा सबैभन्दा धेरै साइबर आक्रमणको खतरा

काठमाडौं ।

काठमाडौं । सन् २०२० मा इन्भेस्टमेन्ट एप, अनलाइन फाइनान्सियल डाटा प्रोसेसिंग सिस्टम र आउने क्रिप्टोकरेन्सी साइबर हमलाको मुख्य केन्द्रमा हुनेछन्। यस्तो आक्रमण अधिकांश पैसाको लागि हुनेछ ।

पहिलाको भन्दा अधिक शक्तिशाली मोबाइल बैंकिंग मालवेयर विकास गरिएको छ र यो लीक सोर्स कोडको आधारमा दाबी गरिएको हो र
साइबर सेक्यूरिटी फर्म कास्पर्सकीले वित्तिय क्षेत्रमा बढिरहेको खतराको परिदृश्यमा यो अनुमान गरेको हो ।

वित्तिय साइबर आक्रमण सबैभन्दा खतराजन्य मानिन्छ । यसको प्रभाव पिडितको वित्तिय नोक्सानीको रुपमा हुने गर्दछ र यो सन् २०१९ मा केहि महत्वपूर्ण घट्नाको रुपमा देखिएको थियो ।

कास्पर्सकीका अनुसन्धानकर्ताहरुले २०२० का लागि वित्तिय खतराको बारेमा अलर्ट गराएका छन् ।

मोबाइल इन्भेस्टमेन्ट एप पुरै विश्वभर यूजर्सका बिच सबैभन्दा लोकप्रिय छन र सन् २०२० मा यो नै साइबर अपराधिहरुको प्रमुख निशानामा हुनेछ ।

यसको प्रमुख कारण हो यी एप्सद्धारा वेस्ट सेक्यूरिटी प्राक्टिसलाई प्रयोग नगर्नु हो । जसमा मल्टी फ्याक्टर अथेन्टिकेसन वा एप कनेक्सनको प्रोटेक्शन ।

यस्तो किसिमको एप्लिकेसन यूजर साइबर अपराधिहरुको सबैभन्दा ठूलो सिकार हुन्छ । र अझ मोबाइल बैंकिंगको सोर्स कोडको सार्वजनिकरुपमा लीक हुनु अर्को चिन्ताको विषय भएको छ । फर्मले आफ्नो अनुसन्धान तथा भित्रि जानकारीहरुअनुसार यो पत्ता लगाएको थियो ।

बैंकिंग पूर्वाधारसम्मको पहुँच र बैकहरुको विरुद्धमा र्यान्समवेयर आक्रमण अर्को ठूलो खतरा हुनेछ । कास्पर्सकीका विज्ञहरुको अनुसार २०२० मा क्रिमिनल टू क्रिमिनल सेल अफ नेटवर्कको विशेषज्ञ ग्रुपको गतिबिधिहरु बढ्नेछ । र यसको मुख्य निसाना अफ्रिका, एशिया र पूर्वी यूरोप हुनेछ ।

आउँदो वर्षमा अधिकतम साइबर अपराधि समुहहरुले अनलाइन पेमेन्ट प्रोसेसिंग सिस्टमलाई लक्षित गर्नेछन् । केहि समयदेखि अनलाइन स्टोर्सबाट पेमेन्ट कार्ड डाटा चोर्ने तरीका आक्रमणकारीबिच सबैभन्दा लोकप्रिय रहेको छ।

अनुसन्धानकर्ताहरुले यस्तो १० ग्रुपहरुको बारेमा पत्ता लगाएका छन जो यस्तो आक्रमणमा सहभागी छन्। सबैभन्दा ठूलो खतरा भने ईकमर्श सेवा दिने कम्पनीहरुमा हुनेछ, किनकी यी कम्पनीहरुका हजारौं अन्य कम्पनीसँग सम्झौता गरिएका हुन्छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७६, मंगलवार

ताजा समाचार