Technology Khabar १५ पुष २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । भारतीय सरकारले चिनियाँ टेलिकम कम्पनी ह्वावे टेक्नोलोजीज कम्पनीलाई ५जी नेटवर्कसको परीक्षणमा सहभागी हुन अनुमाति दिएको छ ।
भारतीय टेलिकम मिनिस्टर रवि शंकर प्रसादले कुनैपनि उपकरण आपूर्तिकर्ताहरुलाई नरोकिने बताएका छन् ।
‘५जीको समय आउँदैछ, हामीले ५जी स्पेक्ट्रम परीक्षण गर्नको लागि सबै खेलाडीहरुलाई दिने निर्णय गरेका छौं,’ प्रसाद भने । उनले ५जी भविश्य भएको र यसले गर्दा ५जीमा नयाँ आविश्कारहरुलाई प्रोत्साहन गरिने बताए ।
भारतको यो निर्णय यस्तो बेला आएको छ जतिबेला अमेरिकाले कम्पनीलाई लगाएको प्रतिबन्धले कम्पनी समस्यामा छ भने विश्वभर ५जी प्रविधि रोलआउट भईरहेको छ । अमेरिकाले भने ह्वावेको नेटवर्क उपकरणहरु आफ्नो ५जी नेटवर्कसमा प्रयोग नगर्न लबी गरिरहेको छ ।
रिपोर्टअनुसार भारतमा ५जी परीक्षण जनवरीमा हुनसक्ने छ ।
भारतको टेलिकम डिपार्टमेन्टले आज अर्थात डिसेम्बर ३१ मा अपरेटरहरुसँगको छलफलपछि ५जी परीक्षणको मिति तय गर्ने बताईएको छ । भारतका सबै वायरलेस अपरेटरहरुले ५जी परीक्षण गर्न अनुमति पाएका छन् । एजेन्सी
प्रकाशित: १५ पुष २०७६, मंगलवार