चीनमा उत्पादित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल ३ एस डेलिभरी शुरु

Technology Khabar १५ पुष २०७६, मंगलवार

चीनमा उत्पादित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल ३ एस डेलिभरी शुरु

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले चीनमा आफ्नो नयाँ फ्याक्ट्रि स्थापना गरेको १ वर्षभित्र सो फ्याक्ट्रीबाट उत्पादित पहिलो इलेक्ट्रिक भेहिकल मोडल ३एस ग्राहकलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि चीनको सो फ्याक्ट्रीबाट उत्पादित कारहरु सोमबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्न शुरु गरेको हो । कम्पनीले शुरुवातमा आफ्ना १५ कर्मचारीहरुलाई सो कार उपलब्ध गराएको छ ।

टेस्ला चाइनाका जनरल म्यानेजर वांग हाओकाअनुसार सो इभेन्टमा थप कामदारहरुलाई आगामी दिनमा कार हस्तान्तरण गरिनेछ भने आगामी महिनादेखि ग्राहकहरुलाई उपलब्ध गराईने छ ।

चीनको सांघाईमा रहेको सो प्लान्ट केबल १० महिनामा नै तयार पारिएको थियो भने गएको अक्टोबर महिनादेखि परीक्षण उत्पादन गरिएको थियो ।

पहिलो ब्याचको कारहरु विभिन्न एसेम्बली पार गर्दै चीनमा टेस्लाको परीक्षण स्थलहरुमा परिक्षण गरिएको थियो ।

टेस्लाले गएको अक्टोबर २५ देखि मोडल ३एसको चीनमा अर्डर लिँदै आएको थियो ।

टेस्लाले चीनमा बनाउने मोडल ३ को मूल्य आयातित भन्दा सस्तो छ जहाँ ५१ हजार अमेरिकी डलरबाट शुरु हुन्छ । यसबाहेक चीन सरकारले दिने अनुदान रकमले गर्दा यो झनै सस्तो पर्नेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७६, मंगलवार

ताजा समाचार