भीभोको नयाँ डिस्प्ले डिजाइनको पेटेन्ट, तीनवटा पेटेन्ट डिजाइनमा चारवटा पन्च होल क्यामरा

Technology Khabar १४ पुष २०७६, सोमबार

भीभोको नयाँ डिस्प्ले डिजाइनको पेटेन्ट, तीनवटा पेटेन्ट डिजाइनमा चारवटा पन्च होल क्यामरा

काठमाडौं ।

काठमाडौं । भीभोले आफ्ना स्मार्टफोनहरुका लागि नयाँ डिप्ले डिजाइनको पेटेन्ट दर्ता गरेको छ । चीनको इन्टेलेक्चूअल प्रोपर्टि अफिसमा दर्ता गरिएको नयाँ डिस्प्ले डिजाइनअनुसार चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोले नयाँ क्यामरा डिजाइनराखेर डिस्प्ले डिजाइन दर्ता गरेको हो ।

भीभोले दर्ता गरेको सो डिस्प्ले डिजाइनका सबैमा ४ वटा क्यामरा डिजाइन रहेको छ । पेटेन्टअनुसार तीन फरक फरक किसिमका फूल स्क्रीन डिजाइनहरु रहेका छन जसमा पन्च होल क्यामरा डिस्प्लेभित्रै रहेका छन् । तर ती क्यामराहरु विभिन्न स्थानहरुमा राख्ने गरि पेटेन्ट दर्ता छ ।

पहिलो डिजाइनमा चार क्यामराहरु स्क्रीनको चारवटै कुनामा राखिने पेटेन्टमा छ र यो अलिक अनौठो लाग्ने देखिन्छ । दोस्रो डिजाइनमा चार क्यामरा होलहरुलाई दुई दुईवटा गरेर स्क्रीनको दायाँ र बाँया माथिल्लो भागमा राखिने देखिन्छ ।

तेस्रो डिजाइनमा भने दुई वटा क्यामराको जोडि यसअघिको दोस्रो डिजाइनमा जस्तै राखिनेछ तर यसमा दुबै क्यामराको बिचमा केहि ठाउँ हुनेछ र त्यसमा डिस्प्ले नै रहेको छ ।यी नयाँ डिजाइनहरु केबल पेटेन्ट मात्र भएको र यो भविश्यमा आउनसक्ने संभावनाको रुपमा लिईन्छ तर कहिलेकाँही कम्पनीले प्रयोगको लागि मात्र यस्तो पेटेन्टहरु दर्ता गर्ने गर्दछ ।

पछिल्लो समयमा अनस्क्रीन क्यामरा राख्ने प्रवृत्ति निकै लोकप्रिय रहेकोछ । त्यसैले पनि भीभोले स्क्रीनमा दुई वा त्यो भन्दा बढि क्यामरा सेन्सरहरु राखेर भविश्यमा आफूलाई सुरक्षित बनाउन खोजेको अनुमान गर्न सकिन्छ ।

easy care

प्रकाशित: १४ पुष २०७६, सोमबार