नेपाल टेलिकमद्धारा नयाँ सिमकार्डमा हुने सुविधा परिवर्तन, पुस १६ देखि यस्तो सुविधाहरु पाईने

Technology Khabar १४ पुष २०७६, सोमबार

नेपाल टेलिकमद्धारा नयाँ सिमकार्डमा हुने सुविधा परिवर्तन, पुस १६ देखि यस्तो सुविधाहरु पाईने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड मोबाइल सिममा उपलब्ध हुने विभिन्न अफरहरुलाई परिवर्तन गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२० को जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू हुने गरेर नयाँ नियम र सुविधासहितको जीएसएम र सिडिएमए प्रिपेड सिम कार्ड उपलब्ध गराउने भएको हो ।

नेपाल दूरसंचार कम्पनीले यसअघि ५० रुपैयाँ ब्यालेन्स उपलब्ध हुने यसअघिको व्यवस्थालाई परिवर्तन गर्दै जनवरी १ तारिखदेखि १० रुपैयाँ ब्यालेन्स, ४० मिनेटको टक टाईम, ६० एमबी डाटा र २० वटा एसएमएस उपलब्ध गराउने भएको हो ।

टेलिकमकाअनुसार १० रुपैयाँको ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस वा डाटा चलाउन सकिनेछ भने ४० मिनेटको टक टाईम र २० वटा एसएमएस भने सिम एक्टिभ भएको एक महिनाभित्र टेलिकमको नेटवर्कमा प्रयोग गरिसक्नुपर्नेछ ।

यसअघि नै सिम कार्ड खरिद गरेका तथा एक्टिभ नगरेका ग्राहकहरुले पनि पुस १६ गतेदेखि वा सो भन्दा पछि एक्टिभ गरेमा नयाँ ब्यवस्था अनुसारको ब्यालेन्स प्राप्त गर्नेछन्।

कम्पनीले फरक फरक सेवा तथा सुविधाहरु सिम कार्डमा दिने भएपनि यसको मूल्य भने ९० रुपैयाँ नै राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: १४ पुष २०७६, सोमबार

तपाइको प्रतिक्रिया