एमोलेड डिप्ले प्रयोग भएका स्मार्टफोनको संख्या सन् २०२० मा ६० करोड नाध्नेः रिपोर्ट

Technology Khabar १४ पुष २०७६, सोमबार

एमोलेड डिप्ले प्रयोग भएका स्मार्टफोनको संख्या सन् २०२० मा ६० करोड नाध्नेः रिपोर्ट

काठमाडौं ।

काठमाडौं । विश्वभर बिक्री हुने स्मार्टफोनहरुमध्ये एमोलेड डिस्प्ले प्यानल राखिएका स्मार्टफोनहरुको संख्या ६० करोड यूनिट नाध्ने भएको छ ।

हालै अनुसन्धान फर्म काउन्टर प्वाइन्टले गरेको अनुसन्धानअनुसार यस्तो प्यानल प्रयोग गर्ने स्मार्टफोनहरुको वृद्धि वार्षिकरुपमा ४६ प्रतिशतले बढिरहेको छ भने २०२० को अन्त्यसम्ममा यो ६० करोड यूनिट नाध्ने छ ।

काउन्टरप्वाइन्टको डिस्प्ले मार्केट आउटलूक रिपोर्टअनुसार मध्यम श्रेणीका मूल्य भएका स्मार्टफोनहरुमा एमोलेड डिस्प्लेको प्रयोगसँगै यसको वृद्धि देखिएको हो । यस्तो प्रयोग चिनियाँ ब्राण्डहरु ह्वावे, भीभो, ओपो, रियलमी, शाओमीलगायतले गरिरहेका छन् ।

स्मार्टफोनको प्रयोग र अनुभवमा डिस्प्लेको प्रमुख भुमिका रहन्छ । सन् २०१९ मा, स्मार्टफोन डिस्प्लेहरुले निकै चर्चा पाएका थिए, र ब्राण्डहरुलाई उनीहरुको स्मार्टफोनप्रति यूजरहरु आकर्षित गर्न सहयोग पुगेको थियो ।

यसलाई सप्लाई चेनले सहयोग गरेको थियो, जसमा स्क्रीन टू बडि रेडियो घटाउने क्रम, रिफ्रेश रेट बढाउने क्रम, फोल्डेबल डिस्प्लेलगायतका आविश्कारीक कार्यहरु छन् । यसबाहेक विभिन्न डिजाइनमा आएका डिस्प्लेहरु जसमा सानो नोच, पन्च होल क्यामरा, पप अप क्यामरा, इन डिप्ले फिंगरप्रिन्ट सेन्सर, इमेज सेन्सरगायत रहेका काउन्टरप्वाइन्टका एसोसिएट डाइरेक्टर तरुण पाठकले बताए ।

यी विभिन्न आविश्कारहरुका लागि एमोलेड डिप्ले प्रविधिको रुपमा उत्कृष्ट रहेको थियो । जसले गर्दा आगामी दिनहरुमा पनि चिनियाँ ब्राण्डका स्मार्टफोनहरुमा यसको माग बढिरहने अनुमान गरिएको छ ।

तरपनि एलसिडीबाट ओएलईडीमा जाने क्रम निकै सुस्त रहेको छ ।

सामसंग डिस्प्लेले ओएलईडी प्यानल बजारको करिब ९० प्रतिशत हिस्सा आपूर्ति गर्दछ । यसबाहेक सामसंग आफैं नै प्रमुख स्मार्टफोन भेण्डर पनि हो जोसँग करिब ४५ प्रतिशत एमोलेड स्मार्टफोन बिक्री रहेको छ ।

तरपनि सन् २०१९ मा प्रमुख ब्राण्डहरुले उनीहरुको फ्ल्यागशिप एमोलेड प्यानलसहित लन्च गरेका थिए । आगामी वर्ष २०२० मा एमालेड प्यानलमा आधारित स्मार्टफोनहरुको वृद्धि देखिने रिपोर्टमा उल्लेख छ ।

यसबाहेक अन्य उत्पादनहरु जसमा वेयरेबल, टिभीहरुले पनि ओएलईडी प्यानल बजारलाई वृद्धि गरिरहेको छ ।

easy care

प्रकाशित: १४ पुष २०७६, सोमबार

ताजा समाचार