स्वदेशमै रोजगार बनाउन ‘अरबान्स् नेपाल’ ले ल्यायो एप, एउटै प्लेटफर्ममा दक्ष कामदार पाईने

Technology Khabar १३ पुष २०७६, आईतवार

स्वदेशमै रोजगार बनाउन ‘अरबान्स् नेपाल’ ले ल्यायो एप, एउटै प्लेटफर्ममा दक्ष कामदार पाईने

काठमाण्डौँ । ‘अरबान्स् नेपाल’ ले लोकल होम सर्भिस एप शुक्रवार लन्च गरेको छ । विशेष गरी दैनिक जिवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरीएको हो ।

अरबान्स् नेपाल (urbansnepal) एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागी दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टिका साथ सेवा सुविधा उपलब्ध गराउनेछ ।

आफुले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स् नेपाल बजारमा पाइला चालेको दावी आयोजकले गरेको छ ।

कार्यक्रममा अरबान्स् नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफुहरुले यो एप लन्च गरेको जानकारी दिए ।

‘दैनिक १२०० भन्दा बढि युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढि नेपाली रातो वाकसमा मृत फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ,’ उनले भने ।

आयोजककाअनुसार कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ ।

प्रकाशित: १३ पुष २०७६, आईतवार

Comments are closed.

Loading...