चीनले आफ्नै जीपीएस प्रणाली बनायो, ‘बिग डिपर’द्धारा अमेरिकी एकाधिकार अन्त्य गरिने योजना

Technology Khabar १३ पुष २०७६, आईतवार

चीनले आफ्नै जीपीएस प्रणाली बनायो, ‘बिग डिपर’द्धारा अमेरिकी एकाधिकार अन्त्य गरिने योजना

काठमाडौं ।

काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । अमेरिकी प्रविधिहरुमा भरपर्नुपर्ने बाध्यतालाई कम गर्न सो प्रणाली संचालन गर्न लागेको हो ।

चीनको स्याटेलाईट नेटवर्क ‘बाईडु’(BeiDou system) अन्तरगत संचालित हुने सो जीपीएस प्रणालीको नाम ‘बिग डिपर’ राखिएको छ । अमेरिकी वायुसेनाको जीपीएस प्रणालीको पहिलो प्रतिद्धन्दीका रुपमा सो जीपीएस प्रणाली सार्वजनिक गर्ने चीनले शुक्रबार घोषणा गरेको हो ।

हालसम्म चीनभरका करिव ७० प्रतिशत स्मार्टफोनहरु यो सेवा उपयोग गर्न यसअघि नै सक्षम भईसकेको ‘निक्की एशियन रिभ्यु’को रिपोर्टमा उल्लेख छ । त्यसैले चीनले यसमा ठुलो सम्भावना देखेको छ ।

बाईडु नेटवर्क चीनको दिर्घकालिन योजनाअन्तरगत आएको हो जसले आगामी पुस्ताको टेलिकम्यूनिकेसन प्रविधिलाई दबाबमा राख्नेछ । यो चीनमा फाईभजी प्रविधिसँग समेत समाहित हुनेछ। चीनको सो जीपीएस प्रणााली सार्वजनिक भएसँगै जीपीएस तथा  टेलिकम्यूनिकेसन्स पूर्वाधारमा अमेरिकी एकाधिकारको अन्त्य हुनेछ ।

चीनले बाईडु सिस्टममार्फत जीपीएस सेवा संचालन गर्नका लागि सन २०२० को जुलाईसम्म अन्तिम २ वटा स्याटेलाईट प्रक्षेपण गर्ने योजना बनाएको छ । चीनले बाईडु नेटवर्क र फाईभजीको सम्मिश्रणसहित सो जीपीएस प्रणाली बनाउन लागेको हो । योसँगै चीनले नयाँ टेलिकम्यूनिकेसन्स सेवाहरुको बजारमा प्रमुख शेयर हासिल गर्ने बताईएको छ।

नयाँ प्रविधिहरुको परीक्षण चीनको उहानमा गरिने तयारी छ । यसको परीक्षणको लागी ५जी र बाईडुको म्यापिँग टेक्नोलोजीजलाई २८ किलोमिटर सडकमा एक गाडीमा स्वचालित भेहिकल प्रयोग गरेर गरिनेछ ।

बाईडुसँग यस प्रोजेक्टमा काम गर्न हाल १ सय २० भन्दा बढी ईच्छुक साझेदारहरु रहेका छन्  र यसलाई चीनको बिस्तारित बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसिएटिभअन्तरगत जोडिएको बताईएको छ। चीनले उक्त जीपीएस सार्वजनिक पछि चीन सुरक्षाको मामलामा अझ बलियो हुने बताईएको छ । एजेन्सी

 

easy care

प्रकाशित: १३ पुष २०७६, आईतवार