डाटा अधिक खपत गर्ने समस्या छ, डाटा प्रयोगलाई कम गर्ने सजिलो टिप्स र तरिकाहरु यी हुन्

Technology Khabar १२ पुष २०७६, शनिबार

डाटा अधिक खपत गर्ने समस्या छ, डाटा प्रयोगलाई कम गर्ने सजिलो टिप्स र तरिकाहरु यी हुन्

काठमाडौं ।

काठमाडौं । पछिल्ला केहि वर्षहरुमा मोबाइल डाटाको खपत निरन्तर वृद्धि भईरहेको छ । एप्लिकेसनहरुले पनि पहिलेको भन्दा अधिक डाटा खपत गर्न लागेका छन भने अपडेट्सका लागि लगातार नयाँ भर्सनहरु आईरहेका छन् ।

शुरुवाती चरणमा डाटाको कम खपत हुनुमा वेब सर्फिंग अधिकतम टेक्स्ट भर्सनमा हुनु कारण थियो तर नयाँ विकासक्रमसँगै भिडियो स्ट्रिमिङ्ग पनि निकै बढ्दोक्रममा छ । भिडियो स्ट्रिमिङ्गको कारणले पनि डाटाको खपत अधिकमात्रामा बढिरहेको छ ।

डाटाको खपत बढिरहँदा त्यसले यूजर्सलाई शुल्कमा पनि असर पारिरहेको छ । अधिक डाटाको लागि अधिक मूल्य तिर्नुपर्दा यूजर्सहरुले आफ्नो डाटा प्रयोगलाई घटाउनुपर्ने अवस्था छ ।

यस्तोमा यूजर्सका लागि डाटा प्रयोग कम गर्न वा सिमित गर्न पनि कठिन हुँदै गएको छ । तर तपाईँले केहि सामान्य टिप्सहरु पालना गर्नुभयो भने डाटा प्रयोगलाई केहि हदसम्म कम गर्न सकिन्छ । अधिकांश यूजर्सहरु एन्ड्रोयडमा आधारित हुनेहुँदा हामी यहाँ डाटा प्रयोग सिमित गर्ने केहि टिप्स र तरिकाहरुको बारेमा जानकारी दिने प्रयास गर्दैछौं ।

सेटिंग्समा परिवर्तन गर्नुस्

यूजर्सले आफ्नो मासिक डाटाको उपभोगको सीमा तय गरेर आफ्नो डाटालाई बचाउन सक्दछ । एन्ड्रोयडको सेटिग्समा डाटालाई सिमित गर्ने अप्सन दिईएको हुन्छ । यसको लागि सेटिंग्समा गएर डाटा यूजेज बिलिंग साइकिल डाटा लिमिटमा ट्याप गर्नुस् । यहाँबाट एक महिनाको डाटाको अधिकतम मात्रा सेट गर्न सकिन्छ । यसबाहेक डाटा लिमिटमा पुगेको बेला नेटवर्कको अटोमेटिक डिसकनेक्सनको विकल्प पनि छनौट गर्न सकिन्छ ।

एप्लिकेशन ब्याकग्राउण्ड डाटामा रोक लगाउनुस्

स्मार्टफोनमा रहेका केहि एप्सले नदेखिने गरी नै डाटा खपत गर्ने गर्दछन् । तपाईँले ती एप्स नचलाएको बेलामा पनि डाटा खपत भईरहेका हुन्छन् । त्यसैले कुन एपले कति डाटा उपयोग गरिरहेको छ हेर्नुस् । सो हेरेपछि सेटिंग्समा डाटा यूजेजमा जानुहोस् । किनै एपमा ट्याप गरेर तपाईँले त्यसमा दुई किसिमका (ब्याकग्राउण्ड र फोरग्राउण्ड) डाटाको प्रयोग थाहा पाउनुहुन्छ ।

कुनै एपले ब्याकग्राउण्डमा नदेखिनेगरि अधिक डाटा प्रयोग गरिरहेका हुन्छन् । त्यसलाई रोक्न सकिन्छ । यसको लागि रेस्ट्रिक्ट एप ब्याकग्राउण्ड डाटामा ट्याप गर्नुहोस् । जसले गर्दा सो एपले प्रयोगमा आएको बेला मात्र डाटा प्रयोग गर्दछ र डाटा खर्च घट्दछ ।

आफ्नो स्ट्रिमिङ्ग सर्भिसलाई सिमित स्तरमा प्रयोग गर्नुस्

भिडियो स्ट्रिमिङ्ग सर्भिसहरु, म्यूजिक वा उच्चस्तरका तस्विरहरुले अधिक डाटा खर्च गर्दछन् । त्यसैले मोबाइल प्रयोग गर्दा यी विषयहरुमा पनि ध्यान दिनुस् । यसको लागि तपाईँले स्टोरेजमा म्यूजिक वा भिडियोहरुलाई स्टोर गर्नुस वा त्यसलाई वाईफाई भएको बेलामा मात्र डाउनलोड गर्नुस् ।

मोबाइल डाटामा स्ट्रिमिंग गर्दा त्यसले अधिक डाटा लिन्छ त्यसले डाटाको उपयोग घटाउन स्ट्रिमिङ्ग क्वालिटीलाई कम गर्नुस् । विशेषगरि यूट्यूबले अधिक डाटा खपत गर्दछ, त्यसैले मोबाइल डाटामा भिडियो हेर्दा रिजोल्यूशन कम गर्नुस् ।

केहि एप्सहरुमा त डाटा खपत कम गर्नको लागि डाटा सेभर मोड समेत उपलब्ध हुन्छन् भने लाइट भर्सनका एप्सले डाटा कम लिन्छ ।
डाटा कम प्रयोग गर्ने एप्स चलाउनुस् । अधिक डाटा खपत गर्ने एप्सहरुले निरन्तर तपाईँको मोबाइल डाटा लिईरहेका हुन्छन् । कतिपय बेलामा एप्सहरुले अन्य सामान्य एप्सको भन्दा धेरै डाटा तानिरहेका हुन्छन् । विशेषगरि सोशल मिडिया एप्सहरु फेसबुक, इन्स्टाग्रामलगायतले अधिक डाटा खपत गर्दछन् । त्यसैले यसलाई सकेसम्म कम प्रयोग गर्नुस वा यस्ता एप्सको लाइट भर्सन प्रयोग गर्नेगर्नुस्, जसले डाटा खपत कम गर्दछ ।

अफलाइनमा गूगल म्याप्सको प्रयोग

तपाईँ म्याप्स हेर्नको लागि गूगलमा अनलाइन जानेगर्नुहुन्छ भने पनि डाटाको प्रयोग बढ्दछ । त्यसैले हरेक समय प्रयोग गर्न सकिने गरि सो म्याप्सलाई अफलाइनमा पनि काम गर्न सकिन्छ । त्यसको लागि तपाईँले म्याप्स डाउनलोड गर्नुपर्दछ । गूगल म्याप्सले अफलाइनमा पनि मोबाइल नेटवर्कको जीपीएसको माध्यमबाट नेभिगेट गर्न सकिने सुविधा दिएको छ । आफ्नो होम एरिया वा अधिकांश समय यात्रा गर्ने स्थानको म्याप्स डाउनलोड गर्नुस र त्यसलाई अफलाइनमा प्रयोग गर्नुस् । जसले तपाईँको मोबाइल डाटा कम खपत हुन्छ ।

क्रोममा डाटा कम्प्यारिजनको प्रयोग

क्रोममा इनबिल्ट फीचरद्धारा डाटा उपभोगलाई कम गर्न सकिन्छ । यसको लागि क्रोम खोल्नुस र यसको माथिल्लो दायाँ कुनामा रहेको ३ डट्समा ट्याप गर्नुस् । त्यसपछि सेटिग्समा ट्याप गरेर डाटा सेभरमा स्क्रोल गर्नुहोस् । त्यसमा माथिल्लो दायाँ कुनामा ट्याप गर्दा डाटा सेभर अन हुन्छ क्रोममा सेटिंग्स प्यानललाई रि भिजिट गरेर तपाईँले कुन समयावधिमा कति डाटा बचाउनुभयो भन्ने हेर्न सकिन्छ।

easy care

प्रकाशित: १२ पुष २०७६, शनिबार