Technology Khabar १२ पुष २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । ईकमर्श जायन्ट कम्पनी अमेजनले आफ्ना ग्राहकहरुलाई ट्र्याक गर्नका लागि नयाँ टेक्नोलोजी विकास गर्न खोजिरहेको छ । कम्पनीले हालै दर्ता गरेको पेटेन्ट फाइलअनुसार अमेजले ग्राहकहरुको हात स्क्यान गर्ने प्रविधि विकास गर्न खोजिरहेको छ ।
सो प्रविधिमा कम्पनीले मानिसहरुको पहिचान गर्न हत्केलालाई स्क्यान गर्नेछ । नयाँ टेक्नोलोजीले मानिसहरुको हत्केलाको रेखाहरु तथा चाउरीपना(रिंकल)हरुको समेत विश्लेषण गर्न सक्नेछ । जसअन्तरगत हत्केलामा भएका नसाहरु, हड्डिहरु, नरम अंगहरुसमेत विश्लेषण गर्नेछ ।
नयाँ प्रविधिअनुसार स्क्यान गरिएको सम्पूर्ण तस्विरहरु डाटाबेसमा राखिनेछ र मानिसहरुलाई उनीहरुको हातको माध्यमबाट पहिचान गर्न सकिनेछ ।
अमेजनले हातको बायोमेट्रिक डाटा राख्न खोजेको यो पहिलो पटक भने ोईन् । यसअघि आएको एक रिपोर्टअनुसार अमेजनले आफ्नो ग्रोसरी चेन होल फुडका लागि विकास गरिरहेको भुक्तानी प्रणालीका लागि पनि ग्राहकहरुले साधारणरुपमा हात स्वाईप गरेर भुक्तानी गर्न सक्ने अनुमति दिन्छ । यस्तो प्रणालीको लागि कार्डको साटो हातको प्रयोग र त्यसलाई स्क्यान गरेर भुक्तानी लिईन्छ ।
तर नयाँ पेटेन्टलाई कम्पनीले आफ्नो कर्मचारीहरु बिना नै स्वचालितरुपमा संचालन गरिरहेको अमेजन गो स्टोरहरुका लागि प्रयोग गर्ने अनुमान गरिएको छ ।
हाल ती अमेजन गो स्टोरहरुमा सामान किन्नको लागि ग्राहकहरुले अमेजन गो एप डाउनलोड गर्नुपर्ने हुन्छ र त्यसमा भएको बारकोड स्क्यान गरेर मात्र सो स्टोरभित्र प्रवेशलाई अनुमति दिईन्छ । त्यसपछि ग्राहकहरुले आफूलाई चाहेको सामान लिएर जानसक्नेछन भने स्टोरभित्र राखिएका सेन्सरहरुले स्वचालितरुपमा अमेजन एकाउन्टमा त्यसको बील राखिदिनेछ ।
नयाँ पेटेन्ट दर्तामा अमेजन गोमा प्रयोग हुने उल्लेख छैन तर त्यसमा सो प्रविधिले स्टोरहरु, पुस्तकालयहरु, अस्पतालहरु र कार्यालयहरु भ्रमणकर्ताहरुलाई पहिचान गर्न उपयोगी हुने बताईएको छ । एजेन्सी
प्रकाशित: १२ पुष २०७६, शनिबार