Technology Khabar १२ पुष २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । मोबाइल नम्बर मात्रै प्रयोग गरेर फेसबुकको मेसेजिंग एप मेसेन्जर प्रयोग गर्न सकिने तरिकालाई फेसबुकले परिवर्तन गरेको छ ।
अहिलेसम्म मेसेन्जरमा यूजर्सले आफ्नो मोबाइल नम्बर मात्रै राखेर एकाउन्ट खोल्न सक्दथे भने त्यसको लागि फेसबुक एकाउन्ट आवश्यक पर्दैनथ्यो ।
तर अब भने फेसबुकले मेसेन्जर एकाउन्ट लगइनको सिस्टममा परिवर्तन गरेको छ । यो जानकारी केहि यूजर्सले मेसेन्जर लगइन गर्न कठिनाई भोगेपछि थाहा भएको हो । सो समस्याको बारेमा यूजर्सले रेडइटमा उल्लेख गरेका थिए, जोसँग फेसबुक एकाउन्टमा उनीहरुको मेसेन्जर एकाउन्ट लिंक गरिएको थिएन उनीहरुले मेसेन्जर खोल्दा समस्या देखिएको थियो ।
सो परिवर्तनको बारेमा फेसबुकले आफ्नो हेल्प सेन्टरमा समेत उल्लेख गरेको छ । जसमा फेसबुक एकाउन्ट नभईकन नै मेसेन्जरमा साइन अप गर्न सकिन्छ ? भन्ने प्रश्नमा उत्तर नसकिने राखिएको छ । जसमा भनिएको छ- होईन्, तपाईँले मेसेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट खोल्नुपर्दछ ।
सो यूजर्स समस्याबारेमा सबैभन्दा पहिले भेन्चरबीटले रिपोर्ट बनाएको थियो भने फेसबुकसँग सम्पर्क गरेर जानकारी दिएको थियो ।
सो रिपोर्टअनुसार मेसेन्जर खोल्न फेसबुक एकाउन्ट आवश्यक पर्नेछ ।
‘यदि तपाई मेसेन्जरमा नयाँ हुनुहुन्छ भने तपाईसँग फेसबुक एकाउन्ट हुनुपर्ने नोटिस हेर्नुहुनेछ, हामीले मेसेन्जर प्रयोग गर्ने अधिकांशहरुसँग फेसबुक एकाउन्ट भएको भेट्यौं र हामी यो प्रकृयालाई सजिलो बनाउन चाहन्छौं, यदि तपाईँ यसअघि नै फेसबुक एकाउन्ट नभएपनि मेसेन्जर चलाउनु हुन्छ भने तपाईँले नयाँ केहि गर्नुपर्दैन्,’ फेसबुकका प्रवक्ताले भनेका छन् । एजेन्सी
प्रकाशित: १२ पुष २०७६, शनिबार