आगामी २०२० को पहिलो त्रैमासमा भीभोले भी सिरिजमा भी १९ प्रो स्मार्टफोन लन्च गर्ने

Technology Khabar ११ पुष २०७६, शुक्रबार

आगामी २०२० को पहिलो त्रैमासमा भीभोले भी सिरिजमा भी १९ प्रो स्मार्टफोन लन्च गर्ने
भीभो भी १७प्रो

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर भीभोले गएको सेप्टेम्बरमा आफ्नो भी सिरिजअन्तरगत भीभो भी १७ प्रो स्मार्टफोन लन्च गरेको थियो । यो कम्पनीको पहिलो फोन थियो जसमा ड्यूल पपअप क्यामरा राखिएको थियो । त्यसको केहि समयपछि नै कम्पनीले भी १७ प्रो को लाइट भर्सन भी १७ नाममा सार्वजनिक गरेको थियो ।

यसमध्ये भीभो भी १७ प्रो नेपाली बजारमा पनि उपलब्ध रहेको छ भने भी १७ स्थानिय बजारमा लन्च नै भएन् ।

कम्पनीले यो स्मार्टफोनबाट राम्रो चर्चा बटुल्न सफल भएको थियो, अहिले भने कम्पनीको आगामी नयाँ अपग्रेड भर्सनको रिपोर्टहरु आउन थालेका छन् ।

हालै आएको एक रिपोर्टअनुसार कम्पनीले भीभो भी १९ प्रो र लाइट भर्सनमा भीभो भी १९ लन्च गर्ने तयारी गरेको छ । सो स्मार्टफोनहरु आगामी २०२० को पहिलो त्रैमासमा लन्च हुनसक्ने बताईएको छ ।

भारतमा आयोजना हुने क्रिकेट लीग आईपीएल टी २० टुर्नामेन्टको शुरुवातसँगै नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गरेको हो । भीभो भारतीय आईपीएस टी २० टुर्नामेन्टको मुख्य प्रायोजक कम्पनी पनि हो ।

यसआधारमा हेर्दा कम्पनीले आगामी वर्ष फरवरीको अन्तिम सातादेखि मार्चको शुरुवातमा भारतमा पहिलो पटक लन्च गर्न सक्ने बताईएको छ । सो लन्चसँगै आइपीएलको अवसरमा सो नयाँ स्मार्टफोनहरुको प्रमोशन गरिने अनुमान गरिएको छ ।

हालसम्म भीभो भी १९ प्रो र भी १९ को स्पेशिफिकेसनको बारेमा भने जानकारीहरु आईसकेका छैनन् ।

सो नयाँ स्मार्टफोन ढिलो चाँडो नेपाली बजारमा पनि कम्पनीले लन्च गर्ने अनुमान गरिएको छ । किनकी भीभोले भी सिरिजका सम्पूर्ण फ्ल्यागशिप फोनहरु नेपाली बजारमा लन्च गर्दै आएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ११ पुष २०७६, शुक्रबार

ताजा समाचार