भारतमा अढाई लाख ग्राम पन्चायतहरुमा निःशुल्क वाईफाई पुर्याउने योजना

Technology Khabar ११ पुष २०७६, शुक्रबार

भारतमा अढाई लाख ग्राम पन्चायतहरुमा निःशुल्क वाईफाई पुर्याउने योजना
Classic Tech

काठमाडौं । छिमेकी मुलुक भारतले देशभर निशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना लिएको छ । भारतनेट नामक योजनाअनुसार भारतले देशभरका गाउँपालिकाहरुमा सन् २०२० को मार्च महिनासम्मा निशुल्क वाईफाई सेवा पुर्याउने भएको हो ।

भारतीय टेलिकम एण्ड इन्फर्मेशन टेक्नोलोजी मन्त्री रवि शंकर प्रसादले यसअघि नै १ लाख ३० हजार ग्राम पन्चायतहरुलाई भारतनेट अप्टिकल फाइबर नेटवर्कमा जोडिएको जानकारी दिए । उनले सरकारको लक्ष्य २ लाख ५० हजार ग्राम पन्चायतहरुमा सो सेवा पुर्याउने रहेको बताए ।

हाल ४८ हजार गाउँहरुमा भारतनेट परियोजनाअन्तरगत वाईफाई पहुँच रहेको छ जहाँ सम्पूर्ण आधारभूत सेवा केन्द्रहरुले बैंकिंग सेवाहरु उपलब्ध गराउने छन् । त्यस्ता केन्द्रहरु डिजिटल सेवाहरु प्रदान गर्ने केन्द्रको रुपमा विकास गरिन लागेको हो ।

यसअघि यस्ता सेवा केन्द्रहरु सन् २०१४ मा ६० हजार वटा थिए भने हाल त्यसलाई ३ लाख ६० हजार पुर्याईएको छ ।

केन्द्रहरुका लागि सिएससि ई गर्भनान्स सर्भिसेज इण्डिया लिमिटेडले डिजिटल भिलेजको काम गरिरहेको छ । जसले समग्रमा १ लाख गाउँहरुलाई डिजिटल भिलेजको रुपमा रुपान्तरण गर्नेछ ।

सो कम्पनीका सिईओ दिनेश त्यागीले डिजिटल भिलेजको स्कीमले पूर्णरुपमा ग्रामिण अर्थतन्त्रलाई रुपान्तरण गर्नेछ र यसले डिजिटल विभेदलाई अन्त्य गर्ने बताए ।

प्रकाशित: ११ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...