सोनीले मागअनुसार क्यामरा सेन्सरहरु उत्पादन गर्न नसक्ने, फोन क्यामरा लेन्स अभाव हुने संभावना

Technology Khabar ११ पुष २०७६, शुक्रबार

सोनीले मागअनुसार क्यामरा सेन्सरहरु उत्पादन गर्न नसक्ने, फोन क्यामरा लेन्स अभाव हुने संभावना
Classic Tech

काठमाडौं । स्मार्टफोनहरुमा क्यामरा सेन्सरको प्रयोग बढ्दैजाँदा सेन्सर निर्माता कम्पनी सोनीले आफ्नो अधिकतम सीमामा उत्पादन गर्न थालेको छ ।

जापानी टेक कम्पनी सोनी स्मार्टफोनहरुका लागि आवश्यक पर्ने क्यामरा सेन्सरको लागि अग्रणी कम्पनीको रुपमा मानिन्छ । तर सोनीले हाम्रा मोबाइलहरुको क्यामरा मोडुलको मागको उच्च हुँदै जाँदा सो माग पुरा गर्न नसकेको बताएको छ ।

सोनीले आफ्नो क्यामरा सेन्सर उत्पादन गर्ने फ्याक्ट्रीलाई अधिकतम क्षमतामा संचालन गरिरहेको छ भने बिदाको समयमा पनि सो क्यामरा सेन्सर उत्पादन भईरहेको छ ।

तर पनि जापानी कम्पनीले बजार मागलाई धान्न कठिन भएको र आफू उच्च क्षमतामा काम गरिरहेको जानकारी दिएको हो ।

सोनीले आफ्नो क्यामरा सेन्सर डिभिजनमा दोब्बर लगानी गरिसकेको छ । कम्पनीले चालू आर्थिक वर्षको लागि २.६ बिलियन डलर लगानी बढाएको छ । कम्पनीले सोहि कार्यको लागि तोकेर नै नयाँ फ्याक्ट्री समेत संचालन गरेको छ ।

सोनीका सेमि कण्डक्टर्स डिभिजनका प्रेसिडेन्ट टेरुशी शिमिजुले भने, यो तरिकाले हेर्दा यदि सबै लगानीहरु गरेर हाम्रो उत्पादन क्षमता बढाउँदौ पनि यो अझै पर्याप्त हुँदैन् ।

त्यसैले हामी हाम्रा ग्राहकहरुलाई सामान्यरुपमा अधिक क्षमतामा उत्पादन गर्न सक्दैनौं भनेर क्षमा माग्दछौं ।

सोनी मात्र क्यामरा सेन्सरको उत्पादन बढाउने एक्लो कम्पनी होईन् । अर्को कम्पनी सामसंगले पनि बजारमा सोहि समस्या भोगिरहेको छ । कम्पनीले बजारमा तीन वा चार क्यामरा सेन्सर भएका स्मार्टफोनहरुको बजार बृद्धि भएसँगै उत्पादन सिमितताको समस्या भोगिरहेको छ । एजेन्सी

प्रकाशित: ११ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...