चिनियाँ स्मार्टफोन मेकर मेजुले २०२० मा ४ वटा ५जी स्मार्टफोन लन्च गर्ने

Technology Khabar ११ पुष २०७६, शुक्रबार

चिनियाँ स्मार्टफोन मेकर मेजुले २०२० मा ४ वटा ५जी स्मार्टफोन लन्च गर्ने

काठमाडौं । डिसेम्बरको शुरुवातमा मेजु टेक्नोलोजीले आफ्नो मेजु १७ स्मार्टफोन ५जी सर्पोट स्मार्टफोनको रुपमा आउने उल्लेख गरेको थियो । जसमा कम्पनीले क्वालकम स्न्यापड्रागन ८६५ चीपसेट प्रयोग हुने पहिलो स्मार्टफोन हुने बताएको थियो ।

अब भने कम्पनीले आगामी वर्ष २०२० मा ४ नयाँ ५जी स्मार्टफोनहरु ल्याउने रिपोर्ट आएको छ । कम्पनीका सिटिओ लिआङ्ग दोङ्गमिङ्गले ४ वटा हाई इण्ड ५जी स्मार्टफोनहरु ल्याउने र त्यसमध्ये सबैभन्दा पहिले मेजु १७ आउने जानकारी दिए ।

कम्पनीले ५जीमा थप लगानी गर्ने बताईएको छ । कम्पनीले आगामी दिनमा ५जी फोनको माग बढ्ने अनुमानसहित ५जी फोनमा ध्यान केन्द्रित गर्ने योजना लिएको छ ।

मेजु टेक्नोलोजी जोसँग आफ्नै रिसर्च ल्याब छ भने कम्पनीले आफ्नो सो ल्याबमा कुल १ करोड ४३ लाख डलर लगानी गरिसकेको छ ।

प्रकाशित: ११ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...