ह्वाट्सएपमा डार्कमोड फीचर एन्ड्रोयड यूजर्सलाई उपलब्ध, आईओएसमा पछि आउने

Technology Khabar १० पुष २०७६, बिहीबार

ह्वाट्सएपमा डार्कमोड फीचर एन्ड्रोयड यूजर्सलाई उपलब्ध, आईओएसमा पछि आउने

काठमाडौं । मेसेजिंग एप ह्वाट्सएपले यूजर्सका लागि डार्क मोड फीचर रोलआउट गर्न शुरु गरेको छ । हाल यो फीचर केबल एन्ड्रोयड यूजर्सलाई मात्र उपलब्ध हुनेछ भने केहि समयपछि आईओएस यूजर्सलाई पनि रोलआउट गरिनेछ ।

कम्पनीले डार्क मोड फीचर बिस्तारै सबैका लागि उपलब्ध गराउने उल्लेख गरेको छ ।

यसअघि बीटा भर्सनमा उपलब्ध रहेको सो डार्क मोडका लागि सेटिंगमा गएर अन गर्न सकिन्छ ।

हाल डार्क मोडको अपडेट छानिएका यूजर्सलाई मात्र उपलब्ध गराएको छ । कम्पनीले सो परीक्षणपछि सबैका लागि उपलब्ध गराउने छ । ह्वा्टसएपको डार्क मोडले रातीको समयमा सो एप चलाउन सजिलो हुनेछ भने फोनको ब्याट्री समेत बचत गर्नेछ ।

ह्वाट्सएपको डार्क मोड आईओएसका लागि भने केहि समयपछि मात्र आउने छ । कम्पनीकाअनुसार सो प्लेटफर्मका लागि डेभलप गरिँदैछ ।

प्रकाशित: १० पुष २०७६, बिहीबार

Comments are closed.

Loading...