हाम्रो पात्रो एप अब डोटेली र बज्जिका भाषामा पनि उपलब्ध

Technology Khabar ९ पुष २०७६, बुधबार

हाम्रो पात्रो एप अब डोटेली र बज्जिका भाषामा पनि उपलब्ध

काठमाडौं । हाम्रो पात्रोले स्थानिय विभिन्न भाषामा आफ्नो एप सर्भिस दिने क्रममा दुई नयाँ भाषालाई थप गरेको छ । हाम्रो पात्रोले हालै डोटेली र बज्जिका भाषामा पनि हेर्न सकिने भएको हो।

नयाँ भाषा जोडिएसँगै हाम्रो पात्रो विभिन्न सात भाषामा उपलब्ध भएको छ । यसअघि नेपाली, नेवारी, भोजपुरी, मैथिली र अंग्रेजी भाषामा उपलब्ध रहेको थियो। शुरुवातमा नेपाली र अंग्रेजी भाषामात्र उपलब्ध रहेको थियो ।

डोटेली भाषामा मदन खडायतले अनुवाद गरेका हुन्, भने बज्जिका भाषामा संजय मित्र र त्रिपुरारी गुप्ताले अनुवाद गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सो एपलाई डोटेली भाषामा अनुवाद गरिएको खडायतले बताए ।

कम्पनीका अनुसार बज्जिका भाषा अनुवाद गर्ने संजय मित्र, बज्जिका भाषाका अभियन्ता एवं साहित्यकार समेत हुन् ।

कसरी प्रयोग गर्ने चाहेको भाषामा हाम्रो पात्रो एप ?

आफ्नो भाषामा हाम्रो पात्रो प्रयोग गर्न पहिले सो एप्लिकेशन खोल्नुहोस् । सो एपको देब्रे छेउको माथिल्लो भागमा रहेको तीन धर्केमा क्लिक गर्नुहोस् र त्यहाँ उपलब्ध भाषाहरुमध्ये आफूलाई सजिलो लाग्ने भाषालाई छनौट गर्नुहोस् ।

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...