इन्टरनेट गति मापन गर्ने ओक्लाले ल्यायो भीपीएन सर्भिस, स्पीडटेस्ट एपमा नै भीपीएनको सुविधा

Technology Khabar ९ पुष २०७६, बुधबार

इन्टरनेट गति मापन गर्ने ओक्लाले ल्यायो भीपीएन सर्भिस, स्पीडटेस्ट एपमा नै भीपीएनको सुविधा

काठमाडौं । इन्टरनेटको गति मापन गर्ने वेबसाइटको निर्माता ओक्लाले आफ्नो नयाँ (भर्च्यूअल प्राइभेट नेटवर्क) भीपीएन सर्भिस शुरु गरेको छ । स्पीडटेस्ट डट नेट वेबसाइटको निर्माता कम्पनीले हालै स्पीडटेस्ट भीपीएन नामक सेवा शुरु गरेको हो ।

हाल यो बीटा भर्सनमा रहेको छ भने स्पीडटेस्ट एपको एउटा भागको रुपमा आईओएस र एन्ड्रोयडमा उपलब्ध हुनेछ ।

स्पीडटेस्ट भीपीएन अन्य अधिकांश भीपीएन एप्सले जस्तै काम गर्दछ । यसको लागि स्पीडटेस्ट भीपीएनको एपमा बटन दिईएको छ र सो थिचेपछि सो सिस्टमले तपाईको डिभाइसमा भीपीएन जोड्दछ ।

तपाईँको डिभाइसमा भएको सम्पूर्ण ट्राफिकहरुलाई स्पीडटेस्ट भीपीएन सर्भरमार्फत रुट गर्दछ, जसले तपाईँको स्पीडलाई कम गर्नेछ तर तपाईँको आइएसपी र अन्य निकायहरुलाई भने डाटा उपलब्ध गराउन बाट रोक्दछ । यसका साथै ब्लक गरिएका वेबसाइटहरुमा पनि पहुँच हुन्छ ।हाल बीटा भर्सनमा रहेको हुँदो स्पीडटेस्ट भीपीएन प्रयोगकर्ताहरुको लागि निशुल्क प्रयोग गर्न सकिने गरि उपलब्ध छ । तर ओक्लाले बीटा भर्सन सकिएर पुर्ण भर्सन आएपछि रकम तिरेर सेवा दिने योजना रहेको बताएको छ।

यूजर्सले रकम तिर्ने प्लान नलिएको खण्डमा यूजर्सलाई २जीबीको डाटा मासिकरुमा निशुल्क दिने अफर भने निरन्तर राख्नेछ ।

ओक्लाले ल्याएको स्पीडटेस्ट भीपीएनमा जिरो लग सर्भिस रहेको दाबी छ, जसको अर्थ सो एपले यूजर्सको कुनैपनि रेकर्ड राख्नेछैन् ।

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...