दूरसंचार प्राधिकरणले भन्यो–ठमेल क्षेत्रमा तारहरु ३ महिनाभित्र अण्डरग्राउण्ड डक्टिंग गरिने

Technology Khabar ९ पुष २०७६, बुधबार

दूरसंचार प्राधिकरणले भन्यो–ठमेल क्षेत्रमा तारहरु ३ महिनाभित्र अण्डरग्राउण्ड डक्टिंग गरिने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ठमेल लगायतका क्षेत्रमा आगामी ३ महिनाभित्र इन्टरनेट तथा केबुलका तारहरु अण्डरग्राउण्ड डक्टिंग गर्ने भएको छ ।

दूरसंचार प्राधिकरणले सो अण्डरग्राउण्ड डक्टिंगबाट मात्रै अव्यवस्थित तारहरुको दिर्घकालिन व्यवस्थापन हुने र सबै सेवा प्रदायकहरुले पूर्वाधार बिस्तार गरी सेवा प्रदान गर्न सक्ने विषयमा सरोकारबाला निकायहरुसँग छलफल गरेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार हाल अवरुद्ध हुन गएका वा भएको सेवाहरु सुचारु गनको लागि अस्थाई रुपमा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी तारहरुलाई क्लिपिङ्ग गरेर ठमेल क्षेत्रको सुन्दरता कायम राखिने छ । त्यसैगरी अण्डरग्राउण्ड डक्टिंगको डिजाइन, स्पेशिफिकेसन र लागतका सम्बन्धमा सरोकारबाला निकायहरुसँग समन्वय गरी काम अगाडि बढाईने उल्लेख छ ।

केहि साता अघि ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रमा इन्टरनेट तथा केबुलको तारहरु काटिदिँदा उत्पन्न समस्याहरुको बारेमा छलफल गर्न प्राधिकरणले काठमाडौं महानगरपालिकाका सो क्षेत्रका वडा कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल, केबुल टिभी महासंघ नेपाल, नेपाल टेलिकम, एनसेललगायतका प्रतिनिधिहरुबिच छलफल गरेको थियो ।

सो छलफलमा उपसमिति गठन गरिने र सो उपसमितिले दूरसंचार सेवा सहज बनाउन काम अगाडि बढाउने सहमति भएको थियो ।

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...