Technology Khabar ९ पुष २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । प्रत्येक वर्ष जस्तै यो वर्षपनि सबैभन्दा कमजोर अर्थात खराब पासवर्डहरुको सूची सार्वजनिक भएको छ । यी पासवर्डहरु यस्ता छन की जो कोईले पनि सजिलै पत्ता लगाउन सक्दछन् । यस्ता पासवर्डहरु प्रयोग गर्ने इन्टरनेट यूजर्स सँधै ह्याकरको निसानामा हुन्छन् ।
स्प्ल्यासडाटाले सार्वजनिक गरेको रिपोर्टअनुसार योे वर्षको सबैभन्दा खराब र कमजोर पासवर्डको सूचीमा पहिलो नम्बरमा १२३४५६ पासवर्ड रहेको छ । गत वर्ष २०१८ मा पनि यो पहिलो सूचीमा नै थियो । त्यसैगरि अंग्रेजी अक्षर पासवर्ड खराब पासवर्ड यो वर्षपनि टप ५ मा परेको छ भने यो लिस्टमा नयाँ खराब पासवर्ड थपिएको छ त्यो हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम । खराब पासवर्डको ३३ औ नम्बरमा डोनाल्ड रहेको छ।
स्प्ल्यासडाटाले सार्वजनिक गरेको खराब पासवर्डको सूची वार्षिकरुपमा ५० लाख पासवर्डमा आधारित रहेको छ । यी पासवर्ड यो सालको डाटा लीकको समयमा लीक भएका थिए र यसलाई सार्वजनिक गरिएको थियो । यी पासवर्डहरुद्धारा नै कम्पनीले यो वर्षका सबैभन्दा खराब पासवर्डको लिस्ट जारी गरेको हो।
यी हुन सबैभन्दा खराब प्रमुख २५ पासवर्डहरु
1 – 123456
2 – 123456789
3 – qwerty
4 – password
5 – 1234567
6 – 12345678
7 – 12345
8 – iloveyou
9 – 111111
10 – 123123
11 – abc123
12 – qwerty123
13 – 1q2w3e4r
14 – admin
15 – qwertyuiop
16 – 654321
17 – 555555
18 – lovely
19 – 7777777
20 – welcome
21 – 888888
22 – princess
23 – dragon
24 – password1
25 – 123qwe
यदि यो लिस्टमा भएका मध्ये कुनै एक पासवर्ड तपाईँको एकाउन्टमा पनि राख्नुभएको छ भने त्यसलाई तत्काल परिवर्तन गर्नुस् । पासवर्ड प्रयोगगर्दा अरुले अनुमान गर्न नसक्ने ससक्त किसिमको र सम्झना गर्न सकिने किसिमको हुनुपर्दछ ।
पासवर्ड राख्दा सकेसम्म अपरकेस, लोअर केस र स्पेशल क्यारेक्टरहरुलाई प्रयोग गर्नु सुरक्षित हुन्छ । उदाहरणको लागि (KtM5@01#&^$360%Ne2PaL)
यदि पासवर्ड बिर्सने बानी छैन् भने पासवर्ड जेनेरेटर टूलको सहयोग लिएर पनि ससक्त किसिमको पासवर्ड बनाउन सकिन्छ ।
प्रकाशित: ९ पुष २०७६, बुधबार