अमेरिकीहरु दैनिक ३.७ घण्टा अनलाइनमा बिताउँछन्, ८५ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच

Technology Khabar ९ पुष २०७६, बुधबार

अमेरिकीहरु दैनिक ३.७ घण्टा अनलाइनमा बिताउँछन्, ८५ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच

काठमाडौं । अमेरिकी घरहरुमध्ये करिब ८५ प्रतिशत घरहरु इन्टरनेटमा जोडिएका छन् । हालै अनुसन्धान फर्म लेचम्यान रिसर्च ग्रुपले गरेको पछिल्लो अध्ययनअनुसार सन् २००९ मा भएको ८० प्रतिशत तथा सन् २०१४ मा रहेको ८५ प्रतिशतको तुलनामा इन्टरनेटमा जोडिएका अमेरिकी घरहरुको संख्यामा वृद्धि भएको हो ।

इन्टरनेट जोडिएकामध्ये करिब ८२ प्रतिशत घरधुरीले ब्रोडबयाण्डको स्पीडको इन्टरनेट प्रयोग गरिरहेका छन जबकी यस्तो घरधुरी संख्या सन् २०१४ मा ७९ प्रतिशत रहेको थियो ।

रिपोर्टअनुसार इन्टरनेटमा बिताउने औसत समयमा पनि वृद्धि हुँदै गएको छ र यो ३.७ घण्टा प्रति दिन पुगेको छ । यसअघि यस्तो समय २.८ घण्टा प्रतिदिन रहेको थियो ।

अध्ययन सर्वेक्षणअनुसार १, १२१ घरधुरीहरुमा गरिएको अध्ययनमध्ये मोबाइल इन्टरनेटको प्रयोगपनि निरन्तर बढिरहेको देखिएको छ । करिब ७५ प्रतिशत अमेरिकीहरुको घर र मोबाइल फोन दुबैमा इन्टरनेटको पहुँच रहेको छ, जबकी सन् २०१४ मा यस्तो संख्या ५९ प्रतिशत मात्र थियो ।

करिब ८१ प्रतिशत वयस्कहरु स्मार्टफोनमार्फत अनलाइन जाने गरेका छन भने घरमा मात्र इन्टरनेट हुने संख्या २०१४ को २५ प्रतिशत बाट घटेर २०१९ मा १० प्रतिशतमा पुगेको छ ।

यसबाहेक इन्टरनेट सेवा हुने घरहरुमध्ये करिब ५० प्रतिशत घरधुरीका मानिसहरु दैनिकरुपमा अनलाइनमा भिडियो हेर्ने गर्दछन् । एजेन्सी

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...