रियलमीले एक्स५० ५जी स्मार्टफोन जनवरी ७ मा लन्च गर्ने, लाइट एडिसन पनि आउँदै

Technology Khabar ९ पुष २०७६, बुधबार

रियलमीले एक्स५० ५जी स्मार्टफोन जनवरी ७ मा लन्च गर्ने, लाइट एडिसन पनि आउँदै

काठमाडौं । चिनियाँ फोन मेकर कम्पनी रियलमीले आफ्नो ५जी स्मार्टफोन आगामी जनवरीको शुरुवातमा लन्च गर्ने भएको छ ।

बिगत केहि सातादेखि आफ्नो ५जी स्मार्टफोन एक्स५० ५जीको बारेमा जानकारीहरु दिँदै आएको कम्पनीले जनवरी ७ तारिखमा बेईजिंगमा सार्वजनिक गर्ने बताएको छ ।

हालै आएको वेबो पोस्टअनुसार एक्स५० ५जी फोन दुई कलर अप्सनमा आउनेछ ।

सो अवसरमा कम्पनीले ५जी फोन बाहेक लाइट एडिसन पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

रियलमीको एक्स५० ५जी मा स्न्यापड्रागन ७६५जी चीपसेट हुनेछ भने यसमा ड्यूल सेल्फी क्यामरा राखिनेछ । फोनले ५जी र वाईफाई कनेक्सन एकैसाथ सपोर्ट गर्दछ भने यसमा भोक ४.० फास्ट चार्जर हुनेछ । यसको फास्ट चार्जरले फोनको ब्याट्रीलाई ३० मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सक्दछ ।

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...