रसियाले तयार पार्यो आफ्नै इन्टरनेट, ग्लोबल इन्टरनेट संजालबाट सम्पर्क बिच्छेद गर्न सफल

Technology Khabar ९ पुष २०७६, बुधबार

रसियाले तयार पार्यो आफ्नै इन्टरनेट, ग्लोबल इन्टरनेट संजालबाट सम्पर्क बिच्छेद गर्न सफल

काठमाडौं । रसियाको सरकारले बाँकी विश्वबाट आफ्नो इन्टरनेटलाई सम्पर्क विच्छेद बनाउन सफल भएको छ ।

रसियाको सरकारले आफ्नो इन्टरनेटलाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गर्न अनेकौं परिक्षणहरु गरेको घोषणा गरेको छ । रसियाले सो क्रममा कयौं दिनहरुदेखि विभिन्न किसिमका परीक्षणहरु गरेको थियो, जसमा रसियाको सरकारी एजेन्सीहरु, स्थानिय इन्टरनेट सेवा प्रदायकहरु र स्थानिय रसियन इन्टरनेट कम्पनीहरु संलग्न थिए ।

सो परीक्षणको उद्धेश्य देशको राष्ट्रिय इन्टरनेट पूर्वाधारको परक्षण गर्नुथियो, जसलाई रसिया भित्र रुनेट (RuNet) भनेर बुझिन्छ । यसमा ग्लोबल डिएनएस सिस्टम र बाहिरी इन्टरनेटको पहुँच बिना नै कार्य गर्ने प्रकृया प्रमुख थियो ।

इन्टरनेट ट्राफिकलाई आन्तरिकरुपमा रि रुट गरिएको थियो र विश्वको सबैभन्दा ठूलो इन्ट्रानेटको रुपमा रसियाको रुनेटलाई प्रभावकारी बनाईएको थियो ।

रसियन सरकारले सो परीक्षण बारेको प्राविधिक जानकारीहरु सार्वजनिक गरेको छैन् । रसियाले सो अवधिमा कयौं पटक बाहिरी इन्टरनेटलाई सम्पर्क बिच्छेद गरेर परीक्षण गरिएको उल्लेख छ । सो समयमा रसियाले विदेशी देशबाट साइबर आक्रमण हुँदाको अवस्थाको जस्तै सिमुलेसन समेत तयार पारेर परीक्षण गरेको थियो ।

रसियाको मिनिस्ट्रि अफ डिजिटल डेभलपमेन्ट, कम्यूनिकेसन्स एण्ड मास मिडियाका डेपुटी हेड, अलेक्जाई सोकोलोभले भने, ‘यो परीक्षण गरिएको र दुबै आधिकारीक र टेलिकम अपरेटरहरुले संभावित जोखिम र चुनौतीहरुलाई प्रभावकारीरुपमा सम्बोधनगर्न तयार भए, जसमा रसियामा इन्टरनेट र एकिकृत टेलिकम्यूनिकेस नेटवर्कको कार्यलाई सुनिश्चित गरिएको थियो ।’ उनकाअनुसार सो परीक्षणको नतिजा आगामी वर्ष राष्ट्रपति पुटिनलाई पेश गरिनेछ ।

पछिल्ला दिनहरुमा रसियाले आफ्नो घरेलु प्रविधिहरुलाई अगाडि बढाउँदै लगेको छ । यसअघि मात्रै रसियामा बिक्री हुने स्मार्टफोनहरुमा रसियन एप्स प्री इन्स्टल गरिनुपर्ने कानून पास गरेको थियो ।

माध्यम

प्रकाशित: ९ पुष २०७६, बुधबार

Comments are closed.

Loading...