ह्वावेले गूगलका लोकप्रिय एप्सको विकल्प यो वर्षको अन्त्यसम्ममा तयार पार्ने

Technology Khabar ९ पुष २०७६, बुधबार

ह्वावेले गूगलका लोकप्रिय एप्सको विकल्प यो वर्षको अन्त्यसम्ममा तयार पार्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफूमाथिको प्रतिबन्धपछि गूगलको विकल्पको रुपमा आउने प्रयास गरिरहेको छ । गूगलको अपरेटिंग सिस्टम प्रयोगमा प्रतिबन्ध लागेसँगै आफ्नै अपरेटिंग सिस्टम विकास गरेको कम्पनीले अब ईको सिस्टम बनाउनका लागि काम गरिरहेको छ ।

ईकोनोमिक टाइम्सका अनुसार ह्वावेले गूगलका लोकप्रिय एप्सको विकल्पको रुपमा एचएमएस बनाईरहेको छ, जसका लागि कम्पनीले भारतीय डेभलपरहरुसँग घनिभुतरुपमा सहकार्य गरिरहेको छ ।

अमेरिकी प्रतिबन्धले गर्दा ह्वावेका डिभाइसहरुमा गूगल एप्स जस्तै म्याप्स, गूगल ड्राइभ, जीमेललगायत प्रि इन्स्टल गर्न पाईँदैन् । यी एपहरु चीनमा प्रयोग नहुने तर अन्य विश्वबजारमा निकै लोकप्रिय हुँदै आएका छन् ।

ह्वावेका तथा हनर इण्डियाका सिईओ चाल्र्स पेङ्गले आफ्नै एचएमएस भएको र मोबाइल ईकोसिस्टम बनाउने प्रयास गरेको बताए ।
‘अधिकांश महत्वपूर्ण एप्स जस्तै नेभिगेसन, पेमेन्ट, गेमिंग र मेसेजिङ्ग यो डिसेम्बर अन्त्यसम्ममा तयार हुनेछ,’ उनले भने ।

ह्वावेले गूगलको सम्पूर्ण ईकोसिस्टमको जस्तै आफ्नै छुट्टै ईकोसिस्टम विकास गर्न चाहेको र यो निकै महत्वपूर्ण कदम हुने बताईएको छ ।

ह्वावेको सब ब्राण्डको रुपमा रहेको अनरले हाल भारतका प्रमुख १५० एप्सका डेभलपरहरुसँग कुराकानी गरिरहेको रिपोर्टमा उल्लेख छ ।

कम्पनीले आफ्नो लागि ह्वावेको एप ग्यालरी बनाउन चाहेको छ जून गूगलको प्ले स्टोरको विकल्पको रुपमा रहनेछ । यसबाहेक कम्पनीले भारतीय डेभलपरहरुलाई भारीमात्रामा इन्सेन्टिभ दिने अफरहरु राखेको छ । जसमा कम्पनीले डेभलपरहरुको एप्सलाई एचएमएससँग एकिकृत गरेको खण्डमा १ अर्ब रकम दिनेगरि १ अर्ब डलरको फण्ड ल्याएको छ ।

Global Bank
easy care

प्रकाशित: ९ पुष २०७६, बुधबार

ताजा समाचार