Technology Khabar ९ पुष २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । अनुसन्धान वैज्ञानिकहरुले ह्याक गर्न नसकिने इनक्रिप्सन सिस्टम बनाएका छन् । उनीहरुले बनाएको सो सिस्टममा डाटालाई लाइट अर्थात प्रकाशको रुपमा भण्डारण हुनेछ ।
यूनिभर्सिटी अफ सेन्ट एन्ड्रयूका अनुसन्धानकर्ताहरुले ह्याक गर्न नसक्ने इनक्रिप्सन सिस्टम विकास गरेको दाबी गरेका हुन जसमा डाटालाई प्रकाशको रुपमा संग्रह गर्न सकिन्छ ।
अनुसन्धानकर्ताहरुले डिजाइन गरेको चीपले एक पटकको लागि मात्र की सिर्जना गर्दछ जतिबेला डाटा त्यसमार्फत पठाईन्छ । डाटा प्रकाशको रुपमा स्टोर हुन्छ भने सो डाटा विशेषरुपमा डिजाइन गरिएको चीपमार्फत गुज्रिन्छ जुन प्रकाशबाट परिवर्तन हुँदै सूचनाको रुपमा रहन्छ ।
यो प्रणालीमा प्रकाश बंग्याउने र सिधा गईरहेको बेला त्यसर्ला घुमाउने तरीका प्रत्येक पटक विशेष हुने गर्दछ भने चीपमार्फत पठाईने डाटामा सो भरपर्नेछ । यो सुरक्षित रहेको छ र सो चीप आजकाल कयौं सेवाहरुलाई आधिकारीकता प्रदान गर्न निकै प्रयोग भईरहेको ओटिपी मेकानिजमको भौतिक अनुभूति हो ।
हालै नेचर जर्नलमा प्रकाशित पेपरकाअनुसार नयाँ प्रविधिले वेभप्याकेट्सको सह संयोजनलाई बिगार्दछ, जून कम लागनकोर सीमोस कम्प्याटिबल सिलिकन चीप्सहरुमा समिश्रण गर्दछ ।
यस्तो विशेषरुपमा डिजाइन गरेर तयार पारिएको चीप्सले इन्पुट च्यानलको प्रत्येक मिलिमिटरको लम्बाईमा ०.१ टेलाबाईटको फरक फरक कीहरु पठाउन सक्दछ ।
यो प्रविधिमा ह्याकरले यूजरहरुबिच आदानप्रदान भएको कीमा आधारित सूचनाहरु ह्याकरले प्राप्त गर्नबाट रोक्नको लागि यसमा सेकेण्ड ल अफ थेरामोडाइनामिक्स तथा एक्पोनेन्टियल सेन्सिटिभीटी अफ चाओस प्रयोग गरिएको छ ।
सेन्ट एन्ड्रयू यूनिभर्सिटीका स्कूल अफ पिजिक्स एण्ड एस्ट्रोनोमीका प्रोफेसर एड्रिया डी फाल्कोले भने, यसको समकक्षता भनेको दुई मानिसहरु उभिएर दुईवटा कागतको कपलाई तारमा जोडेर कुराकानी गर्नुजस्तै भएको बताए । एजेन्सी
प्रकाशित: ९ पुष २०७६, बुधबार