गूगल र एप्पलले यूजर्सको जासूसी गरेको आशंकामा यूएईको मेसेजिंग एप टो-टोक स्टोरबाट हटाए

Technology Khabar ८ पुष २०७६, मंगलवार

गूगल र एप्पलले यूजर्सको जासूसी गरेको आशंकामा यूएईको मेसेजिंग एप टो-टोक स्टोरबाट हटाए

काठमाडौं । गूगल र एप्पलले आफ्नो एप स्टोरबाट पछिल्लो दिनमा विवादमा रहेको यूएईको मेसेजिंग एप टोटोक (ToTok)लाई हटाएको छ ।

हालै अमेरिकी सुरक्षा एजेन्सीले सो एपमार्फत संयुक्त अरब इमिरेट्सको लागि जासूसी गर्ने गरिएको आरोप लगाएपछि सो एप दुबै प्लेटफर्मबाट हटाईएको हो ।

सो जासूसी एपको बारेमा न्यूयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको थियो । जून यूएईमा लाखौं मानिसहरुले प्रयोग गरिरहेका छन् ।

रिपोर्टअनुसार टो टोकले यूजर्सको कुराकानी, गतिबिधिहरु र अन्य व्यक्तिगत जानकारीहरु यूएई सरकारलाई निरन्तर दिने गरेको छ ।
गूगलले सो एप हटाउँदै कम्पनीको एप नीतिहरुको उलंघन गरेको आरोप लगाएको छ भने एप्पलले जासूसी गरेको बारेमा जाँच गरिरहेको छ ।

न्यूयोर्क टाइम्सकाअनुसार सो मेसेजिंग एपका मालिक कम्पनी ब्रिज होल्डिङ्ग लिमिटेड तथा आबुधाबीको ह्याकिंग कम्पनी डार्क म्याटरको बीमा सुमधुर सम्बन्ध रहेको छ । अमेरिकाको एफबीआईले यसअघि नै साइबर अपराधको बारेमा ह्याकिंग कम्पनीको जाँच गरिरहेको छ ।

डार्क म्याटरले एमिराती इन्टेलिजेन्स अधिकारीहरु, पूर्व नेशनल सेक्यूरिटी एजेन्सीका कर्मचारीहरु र पूर्व इजरायली मिलिटरी इन्टेलिजेन्स संचालकहरुलाई नियुक्त गरेको रिपोर्टको दाबी छ ।

टो टोक एप शुरु भएको केहि महिना मात्र भएको थियो भने यो एप मिडिल इस्ट, यूरोप, एशिया, अफ्रिका र नर्थ अमेरिकामा निकै डाउनलोड भएको थियो ।

गूगलको प्ले स्टोरमा यो एप हटाउनुभन्दा पहिले नै ५० लाख भन्दा बढि एन्ड्रोयड डाउनलोड भएको देखिन्छ । त्यसैगरि एप ट्रयाकर एप एनीकाअनुसार टो टोक गत साता अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएको सोसियल एप्समध्ये रहेको थियो ।

यो एप यूएईमा लोकप्रिय रहेको र यो वास्तवमा सरकारी जासूसी उपकरणको रुपमा काम गरिरहेको बताईएको छ । यसको प्रयोग यूजर्सको कुराकानी र आन्दोलनलाई ट्रयाक गर्न प्रयोग गरिन्छ ।

टोटकले भने आफ्ना यूजर्सलाई छिट्टै एप स्टोरमा फर्किने बताएको छ । कम्पनीले ब्लगपोस्टमार्फत हाल एप्पल एप स्टोर र गूगल प्ले स्टोरमा अस्थाईरुपमा उपलब्ध नभएको र त्यसमा प्राविधिक इस्यू रहेको जानकारी दिएको छ ।

यूएईमा ह्वाट्सएप र स्काईजस्ता इण्ड टू इण्ड इनक्रिप्सन मेसेजिंग एप्सहरु आंशिकरुपमा प्रतिबन्धित रहेका छन् । ती एप्सबाट मेसेजिंग गर्न सकिएपनि भिडियो कलहरु गर्न भने रोक लगाईएको छ ।एजेन्सी

प्रकाशित: ८ पुष २०७६, मंगलवार

Comments are closed.

Loading...