ट्विटर कुटनीतिः चिनियाँ राजदूतलाई ट्विटरमा फलो गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाईने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफूलाई ट्विटरमा फलो गर्नेहरुमध्ये केहिलाई चलचित्र महोत्सवको टिकट दिने भएकी छिन् ।

उनले नेपालका लागि चीनको राजदूतको आफ्नो आधिकारीक ट्विटर एकाउन्टलाई फलो गर्न र चिनियाँ चलचित्र महोत्सवको बारेमा लेखिएको पोस्टलाई रिट्विट गर्न भनेकी छिन् ।

उनले आफूलाई फलो गर्ने र रिट्विट मात्र गरेर नपुग्ने भन्दै सो पोस्टमा कमेन्ट गर्नुपर्ने तथा एकजना साथीलाई ट्याग गर्नुपर्ने समेत नियम राखेकि छिन् । सो नियम पालना गरेर यहि डिसेम्बर २६ गतेसम्म फलो, रिट्विट र कमेन्ट गर्नेमध्येबाट ५ जना बिजेतालाई टिकट दिने घोषणा गरेकी हुन् ।

यदि तपाईँ पनि चिनियाँ चलचित्र हेर्न ईच्छुक हुनुहुन्छ र महोत्सवमा सहभागी हुन चाहनुहुन्छ भने चिनियाँ राजदूत यान्छीको ट्विटरलाई तत्काल फलो गर्नुस् र पाउनुस् २ वटा टिकट ।