नेपाल टेलिकमले ४५ प्रतिशत लाभांश बाँड्ने, पूर्वाधारमा लगानी गर्न प्रबन्धपत्र संसोधन गर्दै

Technology Khabar ८ पुष २०७६, मंगलवार

नेपाल टेलिकमले ४५ प्रतिशत लाभांश बाँड्ने, पूर्वाधारमा लगानी गर्न प्रबन्धपत्र संसोधन गर्दै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक साधारण सभा यहि पुष २९ गते गर्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै सो बारेमा जानकारी दिएको हो ।

पुस २९ गते हुने वार्षिक १२ औं साधारण सभाबाट कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ४५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले यो वर्ष दिने लाभांश गत वर्षको भन्दा कम हो । गत वर्ष कम्पनीले ५५ प्रतिशत लाभांश दिएको थियो । तर टेलिकम कम्पनीको आम्दानी घटेसँगै लाभांश दर पनि कम भएको हो ।

टेलिकमकाअनुसार गत वर्ष १० अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो ।

लाभांश बितरणका साथै टेलिकमले आफ्नो प्रबन्ध पत्रमा संसोधन गर्दै लगानी बिस्तार गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो प्रबन्धपत्रको दफा ४ को बुँदा नं.६ को २१ मा रहेको प्रावधानलाई संसोधन गर्नेछ ।

नयाँ संसोधनअनुसार कम्पनीमा मौज्दात रहेको रकम बैंक तथा वित्तिय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने, साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रास्ट्रक्चर शेयरिंग गर्ने प्रयोजन समेतका लागि अन्य सेवा मूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्ने भन्ने विषय थप हुनेछ ।

प्रकाशित: ८ पुष २०७६, मंगलवार

Comments are closed.

Loading...